नेपाल प्रहरीका तीन डिएसपीको सरुवा

Posted on: September 19, 2019 | views: 388 सुशासन संवाददाता

काठमाडौं असोज २ । नेपाल प्रहरीको मुख्यालयले ३ जना डिएसपीहरुको काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बिरेन्द्र शाहीको जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएको छ । पर्सामा कार्यरत डिएसपी अनन्तराम शर्मा प्रहरी मुख्यालयको सुरक्षा सेवा निर्देशनालय पुगेका छन् ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णय अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डिएसपी खड्गबहादुर खत्रीको सरुवा भएको छ। खत्री प्रहरी युक्ति महाबिद्यालय जर्गाहा नवलपरासीमा कार्यरत थिए।

Share your thoughts!