प्रहरी समायोजन विधेयकसहित तीन विधेयक पारित

Posted on: August 11, 2019 | views: 529 रासस

काठमाडौँ, साउन २६ । प्रहरी समायोजन विधेयक, २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६ र वातावरण संरक्षण विधेयक, २०७६ पारित भएको छ ।  

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले सदनमा निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिबाट तीन विधेयक पारित भएका हुन् ।   

उक्त विधेयक सदनसमक्ष क्रमशः गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्का बैठक मङ्गलबार १ बजे बस्ने भएको छ । 

Share your thoughts!