प्रहरी निरीक्षक घुस रकम सहित पक्राउ

Posted on: June 07, 2019 | views: 233 सुशासन संवाददाता

काठमाडौं, जेठ २४ । इलाका प्रहरी कार्यालय रन्यौरामा कार्यरत प्रहरी निरीक्षक केशब बहादुर बस्नेत १५ हजार घुससहित बिहीबार बेलुका पक्राउ परेका छन् । 

बस्नेतले नदीजन्य पदार्थ बालुवा, गिटी उत्खनन् र ओसारपसारमा सहजीकरण गरिदिने भन्दै पन्ध्र हजार रुपैयाँ मागेका थिए । सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार बस्नेतलाई घुस बापतको रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट बिहिबार रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।

Share your thoughts!