डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गर्ने पक्राउ

Posted on: May 12, 2019 | views: 91 सुशासन संवाददाता

भक्तपुर, बैशाख २९ । सूर्यविनायक नगरपालिका-५ सल्लाघारीमा सवारी साधन जाँच गर्ने क्रममा डिउटीमा खटिएको ट्राफिक प्रहरीलाई दुर्व्यवहार गर्ने एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-५ शुवर्णेश्वर बस्ने २९ वर्षीय पसिल श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Share your thoughts!