प्रहरी सहायक निरीक्षकको नतिजा प्रकाशित

Posted on: May 10, 2019 | views: 135 सुशासन संवाददाता

काठमाडौं, बैशाख २७ । नेपाल प्रहरीमा रिक्त प्रहरी सहायक निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी प्रधान कार्यालयबाट २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई विभिन्न मितिमा लिइएको विशेष स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भएका उम्मेदवारहरुको  नतिजा शुक्रबार प्रकाशन गरिएको छ ।

साथै विशेष स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुलाई लिइने अन्तरवार्ता परीक्षाको तालिका समेत प्रकाशन गरिएको छ ।  विशेष स्वास्थ्य परीक्षण परीक्षाको नतिजा तथा अन्तरवार्ता परीक्षाको तालिका सम्बन्धि विस्तृत विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभागले जनाएको छ ।

Share your thoughts!