काँग्रेस नेता सिटौला डिस्चार्ज

Posted on: March 26, 2019 | views: 93 रासस

काठमाडौँ, १२ । चैत  पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पुर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । 

काठमाडौँको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला आज घर फर्किएका उनका सहयोगी प्रेम भट्टराईले जानकारी दिए । शुुक्रबार साँझ अचानक स्वास्थ्यमा गडबडी भएपछि उनि अस्पताल भर्ना भएका थिए । उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगतसमेत दिइएको थियो । 

Share your thoughts!