नेविसंघका अध्यक्ष नैनसिंह महरद्वारा राजिनामा

Posted on: February 11, 2019 | views: 96 सुशासन संवाददाता

काठमाडौँ, माघ २८।  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । 

अध्यक्ष महरले आज काँग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गरेका छन् । 

सङ्घको वर्तमान कार्यसमितिको म्याद यही माघ २ गते समाप्त भइसकेको अवस्थामा अध्यक्ष महरले राजिनामा दिएका हुन । सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । त्यसपछि दुई पटक गरी पाँच महिना समयावधि थप भएको थियो । 

यस अघि काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सङ्घको कार्यसमिति सम्बन्धमा समयावधि थप बढाई महाधिवेशन गर्न दिने वा नयाँ तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल भएको थियो । अध्यक्ष महरको राजिनामा स्वीृकत भएसँगै सङ्घको महाधिवेशन गर्नका लागि काङ्ग्रेसले सङ्घको नयाँ तदर्थ समिति बनाउने तयारी गरेको छ । 

Share your thoughts!