मन्त्रीको भ्रमणमा अढाई करोड स्वाहा, लालबाबु र रवीन्द्र अग्रपंक्तिमा

Posted on: January 10, 2019 | views: 112 पत्रपत्रिका

काठमाडौँ, पुस २६ । प्रधानमन्त्री केपी ओलीले नियुक्तिकै दिनदेखि मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रीलाई झक्झकाइरहेका भए पनि १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणका नाममा अढाई करोड सकाएका छन् ।

कान्तिपुरका अनुसार, सबैभन्दा धेरै भत्ता बुझ्नेमा संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित छन् । उनले पछिल्लो १० महिनामा जिल्ला भ्रमणका नाममा १३ लाख ८३ हजार ८६० रुपैयाँ बुझेका छन् । धेरै भत्ता बुझ्नेको दोस्रो नम्बरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र तेस्रोमा गिरिराजमणि पोखरेल पर्छन् । उनीहरुले क्रमशः १२ लाख ९७ हजार ७ सय ७० र १० लाख ३३ हजार ४ सय ७० लिएका छन ।

मन्त्री जगतबहादुर विश्वकर्माले ९ लाख ५५ हजार ५ सय ३० सकाएका छन् भने रघुवीर महासेठले ९ लाख १८ हजार ४ सय ३५ जिल्ला भ्रमणको नाममा स्वाहा गरेका छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ । 

Share your thoughts!