मानवअधिकार कर्मी तथा बामपन्थी नेता पद्मरत्न तुलाधरको निधन

Posted on: November 04, 2018 | views: 93 सुशासन संवाददाता

काठमाडौं, कात्तिक १८ । मानवअधिकार कर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरको ७८ वर्षको उमेरमा  निधन भएको छ । राजधानीको नर्भिक अस्पतालमा उपचाररत उनको आज निधन भएको हो । 

तुलाधरको स्वास्थ्यमा समस्या आएपछि उनलाई गत शुक्रबार साँझ माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका सूचना अधिकारी आरपी मैनालीले  तुलाधरको अाज १२ बजेर ४५ मिनेटमा निधन भएको पुष्टि गरे । 

चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएको थियो ।  नेवारी भाषालाई राष्ट्रिय भाषा बनाउन मंका खल मार्फत ठूलो योगदान पुर्याएका तुलाधर माओवादी विद्रोहलाई साम्य पार्न समेत अहम भूमिकामा रहेका थिए ।

मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधर माओवादी सरकार बार्ताका क्रममा सहजकर्ताको भूमिकामा समेत रहेका थिए । तुलाधरका ज्वाई गौरी प्रधानले तुलाधरको सोमबार अन्त्येष्टि गरिने तय भएकाे जानकारी दिए ।

Share your thoughts!