मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

Posted on: November 02, 2018 | views: 49 रासस

विराटनगर, कात्तिक १६ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि आज थाइल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन् । 

दुई वर्षदेखि घाँटीको समस्याबाट पीडित उन्को बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा उपचार हुने मुख्यमन्त्री राईका प्रेस सल्लाहकार धु्रव सुवेदीले बताए ।

यसअघि उनी वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, नेपाल मेडिसिटीलगायतका अस्पतालमा उपचार गराए पनि रोग पत्ता लाग्न नसकेको प्रेस सल्लाहकार सुवेदीले जानकारी दिए । उनी कात्तिक २४ गते स्वदेश फर्कनु हुने कार्यक्रम रहेको बताइएको छ । मुख्यमन्त्री राईको उपचार उन्को निजी खर्चमा हुने भनिएको छ । 

Share your thoughts!