दुर्घटनामा ज्यान गुमाएका डीआईजी भण्डारीको अन्त्येष्टी आज

Posted on: October 29, 2018 | views: 766 सुशासन

काठमाडौं, कात्तिक १२ । गत शनिवार काभ्रेमा भएको जीप दुर्घटनामा परी निधन भएका डीआईजी सुशीलकुमार भण्डारीको आज अन्त्येष्टी गरिने भएको छ । पारिवारिक स्रोतका अनुसार आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गरिन लागिएको हो ।

उनको अन्त्येष्टी नेपाल प्रहरीले सम्मान दिने कार्यक्रमसमेत रहेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, ढकालथोकमा बा३च २८७ नम्बरको जीप दुर्घटना हुँदा भण्डारीसहित तीन जनाको मृत्यु भएको थियो । मृत्यु हुने अन्यमा पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ का संयोजक विनोद कार्की थिए । 


Share your thoughts!