नवलपरासीमा बस दुर्घटना, एघार घाइते

Posted on: October 27, 2018 | views: 80 रासस

कावासोती, कात्तिक १० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा आज बिहान ५ बजे बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

बर्दियाबाट काठमाडौंका लागि छुटेको ना६ख ८४३९ नं को बस सडक छेउमा रोकिराखेको ना६ख ५९२ नं को ट्रकमा ठोक्किदा  सो दुर्घटनामा भएको हो । दुर्घटनमा परी घाइते भएका ११ जनाको नया“ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताए । घाइतेको नाम, ठेगाना खुल्न बाकी रहेको उनले बताए । 

गए राति भएको अर्को सवारी दुर्घटनामा एक जना घाइते भएका छन् । देवचुली नगरपालिका–१६ स्थित राजमार्गमा ना४२प ५०९५ नं को मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिदा देवचुली–१६ का ४५ वर्षीय सुमन अधिकारी घाइते भएका थिए । उहाको अवस्था चिन्ताजनक रहेको र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

Share your thoughts!