पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल

Posted on: April 19, 2018 | views: 198 रासस

काठमाडौँ, वैशाख ६ । नेकपा(एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पाटी एकताको विषयलाई लिएर वार्ता भएको छ । 

पार्टी एकता संयोजन समितिले पार्टी एकतालाई अन्तिम रुप दिन जिम्मेवारी दिएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज उनिहरुले छलफल गरेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यही वैशाख ९ गते पार्टी एकतासम्बन्धी अन्तिम निष्कर्ष निकाल्न दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो । 

Share your thoughts!