पर्यटन र रोजगारीलाई प्राथमिकता दिनेछु

Posted on: July 10, 2017 | views: 1492 सुशासन संवाददाता


गुल्मीको रेसुंगालाई सरकारले १ वर्षअघि मात्र नगरपालिका घोषणा गरेको हो । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा यो नगरपालिकाको पहिलो मेयरका रुपमा एमालेका नेता तथा समाजसेवी डिल्लीराज भुसाल विजयी भएका छन् । रेसुंगाको भौतिक पूर्वाधार विकास, पर्यटन र रोजगारीका विषयमा भुसालका योजनाबारे सुशासन संवाददाताले गरेको कुराकानी :


रेसुंगा नगरपालिकाको मेयरमा विजयी हुनुभएको छ । यस क्षेत्रका जनतालाई के भन्न चाहनुहुन्छ ?

करिब २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा यहाँका जनताले मलाई विश्वास गरेर विजयी बनाउनुभएको छ । त्यसकारण म उहाँहरुलाई हृदयदेखि नै धन्यवाद भन्न चाहनुहुन्छ । त्यस्तै, मतदाता, शुभेच्छुकहरुप्रति पनि सहयोगका लागि धेरै धेरै आभार व्यक्त गर्दछु । जनताले मलाई जुन रुपमा विश्वास गरेर विजयी बनाउनुभएको छ, मेरा एजेण्डा तथा योजनाहरु मन पराइदिनु भएको छ, मेरा विगतका कामहरुको सराहना गर्नुभएको छ, त्यही अनुसार नै मैले प्रतिबद्धता गरेअनुसार आगामी दिनमा सेवा, सुविधा प्रदान गर्नेछु । विकासका कामहरुलाई प्राथमिकता दिनेछु । जनताको ठाडो शिर बनाउन र मुहारमा खुशी ल्याउने काम गर्ने प्रतिबद्धता गर्दछु । 

 

यो नगरपालिकाको भौतिक पूर्वाधारको अवस्था के छ ?

रेसुंगा नगरपालिका भर्खरै मात्र पुनर्गठन भएको हो । नगरपालिका बनेको पनि धेरै भएको छैन । पछिल्लो समय सरकारले नगरपालिकाको भौतिक पूर्वाधार विकास नभए पनि नगरपालिका घोषणा गर्दै आएको छ । यस नगरपालिकामा पनि भौतिक पूर्वाधारहरुको विकास हुन सकेको छैन । त्यसकारण आन्तरिक व्यवस्थापन गर्नु, कार्यालयहरुको निर्माण गर्नु, वडाहरुमा कार्यालय व्यवस्थापन गर्नु, कर्मचारी तथा जनप्रतिनिधिबीच समन्वय कायम गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ । १५ दिनभित्रै १४ वडामा कार्यालहरु स्थापना गरी जनताले छिटो र सहज रुपमा सेवा पाउने वातावरण बनाउनेछु । अत्यावश्यक भएमात्र नगरपालिकामा आउनुपर्ने नत्र वडाबाट नै धेरैजसो काम हुने व्यवस्था गर्नेछु । त्यसबाहेक विकास निर्माणमा पनि तीव्रता साथ काम गर्ने योजना मैले बनाएको छु । 


नगर विकासका लागि तपाईंका योजनाहरु केके छन् ?

नगरक्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, सडक नपुगेका क्षेत्रमा सडक पु¥याउने, विद्युत्को व्यवस्था गर्ने, शिक्षा तथा स्वास्थ्य अस्तव्यस्त रहेको हुँदा तिनीहरुलाई पनि सुधार गर्ने मेरा योजना छन् । नेपालको ग्रामीण क्षेत्रमा विकास निर्माणको काम सुस्त हुने गरेको छ, त्यसमा तीव्रता ल्याएर जनताले राहत महसुस गरेको अनभूति दिलाउने छु । 


 रेसुंगा क्षेत्रको विकास, रेसुंगा विमानस्थललाई समयमै सम्पन्न गर्ने, अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निःशुल्क खानेपानी वितरण गर्ने जस्ता मेरा दीर्घकालीन योजना छन् । साथै, वृद्धभत्ता बढाएर घरमै पु¥याउने, भूमिहीनलाई लालपूर्जा दिने, घरघरमा सडक सञ्जाल पु¥याएर कालोपत्रे गर्ने पनि मेरो लक्ष्य छ ।   


जनताले तत्काल राहत महसुस गर्ने कुनै योजना छन् ?   

जनताले जनप्रतिनिधि नहुँदा धेरै समस्या भोगेका थिए । उनीहरुको काम समयमै हुँदैनथ्यो । धेरै समस्याहरु देखाइन्थ्यो । तर अब म जनमुखी प्रशासनको निर्माण गर्नेछु । जनताको काम सकेसम्म १ दिनमै प्रशासनबाट सम्पन्न गर्ने वातावरण बनाउनेछु । 

त्यसबाहेक दीर्घकालीन पनि मेरा योजना छन् । रेसुंगा क्षेत्रको विकास, रेसुंगा विमानस्थललाई समयमै सम्पन्न गर्ने, अर्जुनडाँडालाई पर्यटकीय स्थल बनाउने, उनायचौरमा चिडियाघर बनाउने, जनतालाई निःशुल्क खानेपानी वितरण गर्ने जस्ता मेरा दीर्घकालीन योजना छन् । साथै, वृद्धभत्ता बढाएर घरमै पु¥याउने, भूमिहीनलाई लालपूर्जा दिने, घरघरमा सडक सञ्जाल पु¥याएर कालोपत्रे गर्ने पनि मेरो लक्ष्य छ ।   


रोजगारी सृजना र पर्यटनका लागि कस्तो कदम चाल्नुहुन्छ ?

रोजगारी र पर्यटन यी दुवै क्षेत्र मेरो प्राथमिकतामा छन् । बेरोजगारी यस क्षेत्रको मात्र नभएर देशको नै समस्या बनेको छ । युवाशक्ति दिनानुदिन विदेश पलायन भइरहेको छ । त्यसकारण यस क्षेत्रका युवाई यहीँ नै केही गर्नसक्ने वातावरण बनाउन म लागिपर्नेछु । त्यसका लागि उद्योग वाणिज्य संघ, व्यवसायी, व्यापारी, कृषक सबैसँग अन्तक्र्रिया गर्ने, विज्ञहरुको सरसल्लाह योजना, दीर्घकालीन योजनाहरु तर्जुमा गर्ने, युवा तथा कृषकलाई विभिन्न किसिमको तालीम दिने, लगानी गर्ने वातावरण सृजना गर्ने मेरो योजना छन् । प्राविधिक शिक्षालयको स्थापना गरी युवा प्राविधिक रुपमा सक्षम बनाई नगरभित्रै काम गर्ने वातावरण बनाउनेछु । 

पर्यटन क्षेत्रमा यहाँ रेसुंगा जस्तो धार्मिक तथा ऐतिहासिक भूमि रहेको छ । तर, धेरै महत्वपूर्ण भईकन पनि यस क्षेत्रको उचित प्रचारपसार हुन सकेको छैन । यस्तै अन्य थुप्रै पर्यटकीय क्षेत्रहरु यस क्षेत्रमा छन् । जसको उचित प्रचासपसार गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ भित्र्याउन सक्छौं । मैले मेरो उम्मेदवारीदेखि नै पर्यटकीय क्षेत्रको विकासका लागि पनि महत्व दिएको छु । अब पनि ती पर्यटकीय क्षेत्रको संरक्षण, विकास र प्रचार मेरो प्राथमिकता हुनेछ । 


तपाईंको कार्यकालमा यो नगरपालिका कस्तो बन्नेछ ?

मेरो कार्यकालमा रेसुंगालाई सभ्य र समृद्ध नगर बनाउने अठोट मैले लिएको छु । भौतिक पूर्वाधारहरुको निर्माण, पर्यटन क्षेत्रको विकास, रोजगारीको सृजना हुनेछ । जनताले सहज रुपमा सरकारी सेवासुविधा पाउनेछन् । उद्योगी, व्यवसायीका लागि लगानीमैत्री वातावरण बन्नेछ । कृषिमा युवाहरुलाई आकर्षण गरी आत्मनिर्भरतातर्फ उन्मुख गरिनेछ । हरेक हिसाबले उत्कृष्ट नगरपालिका बनाउने प्रयास गर्नेछु । 

Share your thoughts!