माग पूरा नभए छिट्टै सरकारबाट समर्थन फिर्ता लिन्छौं

Posted on: July 02, 2017 | views: 965 सुशासन संवाददाता


दोस्रो चरणको निर्वाचनमा भाग लिने आशा गरिएको राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा भाग त लिएन नै, उसले आफ्नो विरोध पनि जारी राख्यो । यतिखेर आफ्नो माग पूरा नगरी आफूहरुलाई निर्वाचनबाट बाहिर राखेको राजपाले सरकारलाई आरोप लगाइरहेको छ भने रुष्ट पनि बनेको छ । राजपाले सरकारबाट समर्थन फिर्ता लिने चर्चामाझ राजपा नेता केशव झासँग सुशासन संवाददाताले गरेको कुराकानी :


राजपाले हालै भएको दोस्रो चरणको निर्वाचनलाई कसरी विश्लेषण गरेको छ ?

हामी सँग धेरै ठूलो धोका र षड्यन्त्र भयो । यो निर्वाचनमा हामी पनि भाग लिन इच्छुक थियौं । त्यसका लागि हामीले केही आग्रहहरु पनि ग¥यौं । त्यसमा ११ वटा जिल्लामा स्थानीय तहको संख्या बढाउने, बाँकी रहेका शहिदहरु घोषणा गरिदिने, मुद्दा फिर्ता गरेर बन्दीहरु रिहा गर्ने, क्षतिपूर्ति दिने र एमालेसहित राखेर निर्वाचनपछि संविधान संशोधन गर्ने भनेर ठोस सहमति गर्ने भन्ने थियो । त्यति सबै कुराहरु मिलाएर राजनीतिक सम्झौता गरी हामी पनि निर्वाचनमा भाग लिने भन्ने कुरा थियो । त्यो भद्र सहमति ठूला र सत्ता नेतृत्व गरिरहेका दलहरुले पालना गरेनन् । हामीले सहमतिको लागि प्रयास पनि गरेका हौं । तर, भरतपुर मतगणनाको विवाद र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने चक्करमा १०/१२ दिन हाम्रो समय विनाछलफल बित्यो । त्यसकारण संशोधनबाहेकका अन्य माग पनि पूरा नभएका कारण हामी निर्वाचनमा जान सकेनौं । निर्वाचनमा हामीले भाग नलिओस् भनेर नै यो षड्यन्त्र भएको भन्ने हाम्रो बुझाइ छ । 

निर्वाचनलाई हामीले मिश्रित रुपमा हेरेका छौं । कतिपय स्थानमा हाम्रै साथीहरु पनि स्वतन्त्र रुपमा उठेका छन् । यसको मतलब यो होइन कि हामीले हाम्रा मुद्दाहरुलाई छोड्यौं । हामी हाम्रो माग तथा मुद्दा पूरा गर्न निरन्तर लागिरहनेछौं ।


संशोधनका लाठि संसद्मा दुई तिहाइको गठबन्धन त चाहियो । हाम्रो संविधान संशोधनको चाहनालाई दृढ राख्नका लागि सरकारलाई समर्थन गरेका हौं । तर, सरकारको रवैया ठीक देखिँदैन ।


निर्वाचनमा मधेशी जनताको उपस्थिति त उल्लासपूर्ण देखियो नि ?

पञ्चायतकालमा कांग्रेस, एमालेलगायत दलहरु निर्वाचनमा सहभागी नहुँदा पनि निर्वाचन त भएकै थिए, जनताले पनि उत्साहपूर्वक नै मतदान गरेकै थिए । अझ राणाशासनमा जाने हो भने त एकजना पनि सडकमा निस्केर त्यो शासनको विरोध गर्ने आँटै थिएन । यसको मतलब यो हो कि राज्यबाट हुने निर्वाचनमा जनता सहभागी हुन्छन् नै । हामी सबै दल बाहिर रहे पनि राजा ज्ञानेन्द्रले पनि निर्वाचन त गराएकै हुन् नि । तर, निर्वाचनको औचित्य के भयो हामी सबैले देखेकै कुरा हो नि । आज निर्वाचन ग¥यो, जनता गएर भोट हाल्छन् । भोलि हामीले आन्दोलन घोषणा ग¥यौं भने जनता आफ्नो हकअधिकारको लागि सडकमा आउँछन् नै । त्यसकारण निर्वाचनमा भाग लिनु सामान्य कुरा हो । जनता भोट हाल्न गए भन्दैमा हाम्रो मुद्दा एजेण्डाको कुनै अर्थ छैन, महत्व छैन भन्ने होइन । 

अर्को कुरा, जनताले निर्वाचनमा भाग त लिए तर धेरै जनाले भाग लिएका छैनन्, बहिष्कार गरेका छन् । नवलपरासीलगायतका विभिन्न जिल्लाका कतिपय मतदान केन्द्रमा जनताको सहभागिता अत्यन्त न्यून देखिएको छ । केही स्थानलाई हेरेर मात्र समग्र तराईको अवस्थालाई आँकलन गर्न मिल्दैन । २ हजारभन्दा बढी मतदाता भएको केन्द्रमा १ सय, डेढ सयभन्दा मतदान भएको छैन । यो भनेको ठूलो असहमति हो । के यसले जनताको मनोभावनालाई स्पष्ट पारेको छैन ?


नयाँ सरकारको गतिविधिलाई राजपाले कसरी हेरिरहेको छ ?

सरकारको गतिविधि ठीक छैन । किनभने सरकार बनेपछि हामीसँग गरेको सम्झौताअनुसार केही पनि पूरा गरेको छैन । हामीले यो सरकारलाई समर्थन गरिहाल्यौं । सरकारलाई समर्थन गर्नुको कारण के हो भने हामी संविधान संशोधन गर्न चाहन्छौं । संविधान संशोधन त व्यवस्थापिका संसद्बाट नै हुने हो । संशोधनका लाठि संसद्मा दुई तिहाइको गठबन्धन त चाहियो । हाम्रो संविधान संशोधनको चाहनालाई दृढ राख्नका लागि सरकारलाई समर्थन गरेका हौं । तर, सरकारको रवैया ठीक देखिँदैन । त्यसकारण अबको २/४ दिनमा नै हाम्रो केन्द्रीय बैठक बस्दै छ । बैठक बसेर करिब १ महिनाको अल्टिमेटम सरकारलाई दिने र त्यसपछि पनि हाम्रा मागहरुको सम्बोधन भए ठीकै छ, नभए सरकारबाट समर्थन फिर्ता लिने मनस्थितिमा छौं । 


राजपा निर्वाचनमा सहभागी नहुनुको वास्तविक कारण भनेको हाम्रो माग र मुद्दा सम्बोधन भएन । त्यसैले निर्वाचनमा सहभागी नभएको हो । संविधान संशोधन गर्नुपर्ने हाम्रो जुन बटमलाइन नै पूरा भएको छैन भने कसरी हामी निर्वाचनमा सहभागी हुन सक्छौं ?


राजपा र एमालेबीच सहकार्य हुने चर्चा चलेको छ नि ?

यो कुरा एकमदै निराधार कुरा हो । सञ्चारमाध्यममा मैले पनि पढेर थाहा पाएको कुरा हो । तर, पार्टीगत रुपमा यस विषयमा कुनै छलफल भएको छैन । त्यसकारणमा एमालेसँग राजपाले सहकार्य गर्न लाग्यो भन्ने कुरामा कुनै सत्यता छैन । अब कांगे्रस, माओवादीसँग सहकार्य भइरहेको सन्दर्भमा सँगसँगै एमालेसँग पनि सहकार्य हुन सक्छ तर कांगे्रस, माओवादीलाई छाडेर एमालेसँग मात्र सहकार्य हुन सक्दैन । 


निर्वाचनमा राजपा नजानुको कारण आफ्नै आन्तरिक विवाद हो, भनिन्छ नि ?

यो नितान्त गलत कुरा हो । राजपा निर्वाचनमा सहभागी नहुनुको वास्तविक कारण भनेको हाम्रो माग र मुद्दा सम्बोधन भएन । त्यसैले निर्वाचनमा सहभागी नभएको हो । संविधान संशोधन गर्नुपर्ने हाम्रो जुन बटमलाइन नै पूरा भएको छैन भने कसरी हामी निर्वाचनमा सहभागी हुन सक्छौं ?


स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राजपा सहभागी हुन्छ त ?

त्यो त अवस्थामा भर पर्ने कुरा हो । यदि असोज २ गतेभन्दा अगाडि हाम्रा मागहरु पूरा हुन्छन् भने हामी भाग लिन्छौं । माग पूरा हुँदैन भने हामी भाग लिँदैनौं । दोस्रो चरणको निर्वाचनमा राजपामा सम्मिलित केही नेताहरुले आफ्नो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । उहाँहरुले आफ्नो लोकप्रियता बचाउन त्यसो गर्नु भए पनि त्यो पार्टी विपरीत भएको छ । त्यसकारण राजपाले त्यसमा पनि छानबिन गरेर उनीहरुलाई कारबाही गर्छ । 

Share your thoughts!