मेरो न्यायिक प्रक्रियालाई अवरुद्ध गर्न र मुद्दा प्रभावित गर्न प्रपञ्च रचिएको हो

Posted on: April 30, 2017 | views: 8585

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) चयन सरकारले गरिसके पनि यस विषयमा अझै विवाद रहेको छ । वरीयताको एक नम्बरमा रहेका र सर्वोच्च अदालतले पनि आईजीपीका लागि अन्य प्रहरी अधिकृतभन्दा योग्य रहेका भनिएका डीआईजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक नबनाई अन्यलाई बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । तर, डीआईजी सिलवालले सर्वोच्चमा पेश गरेको कार्य सम्पादन मूल्यांकन किर्ते गरेको भन्ने सरकारले आरोप लगाई उनलाई छानबिन समितिमार्फत जबर्जस्ती पक्राउ गरी रिहा पनि गरिसकेको छ । हाल अस्वस्थ भएर ललितपुरको बि एण्ड बि असपतालमा उपचाररत डीआईजी सिलवालसँग कार्यसम्पादन मूल्यांकनलगायत विषयमा गरिएको कुराकानी :


प्रहरीले कार्य सम्पादन मूल्यांकन किर्ते गरेको आरोपमा छानबिन गर्न तपाईंलाई पक्राउ ग¥यो । पक्राउ गर्नुपूर्व कुनै कागज वा पूर्जी दिइएको थियो ?

कानुनी राज्यमा सबै कामहरु कानुनी प्रक्रियाअनुसार नै हुनुपर्छ । पक्राउ गर्दा पनि कारण हुनुपर्छ, पक्राउ पुर्जी दिनुपर्छ । आफ्नो कानुनी सल्लाहकारसँग सल्लाह गर्ने समय दिनुपर्छ । त्यो ‘ड्यु प्रोसेस’बाट हुनुपर्छ र त्यो प्रक्रियाअनुसार नहुनु गलत हो । त्यही मात्र मेरो भनाइ हो । त्यसबाहेक अहिले अदालतमा विचाराधीन रहेको इस्युमा चाहिँ म खासै कमेण्ट गर्न चाहन्न । जे गर्नु छ सम्माननीय अदालतले गर्छ । अदालतबाट जस्तो खालको निर्णय आउँछ, त्यसैको पर्खाइमा नै छु । 

–म जीवनभर कानुनको पालना गरेर बसेको मान्छे, कानुनको इज्जत गरेर बसेको मान्छे र कानुनको सर्वोपरितालाई आफैँलाई प्रतिष्ठापित गरेको मान्छे, कानुनबमोजिम भन्दा मैले जीवनमा केही पनि गरेको छैन । पद मेरो लागि ठूलो कुरा होइन । मेरो जीवनको ठूलो असुल भनेको मेरो नैतिकता हो, इमानदारिता हो ।


विधिको शासन लागू हुनुपर्नेमा भएन भन्नुभयो । के यसमा नियोजित ढंगबाट प्रपञ्च रचिएको जस्तो लाग्छ ?

बिलकुल, जसको विरुद्धमा म सर्वोच्च अदालतमा मुद्दा लडिरहेको छु, उसले मलाई कारबाही गर्नका लागि भनेर छानबिन समिति गठन गर्ने, आफ्ना मान्छेहरु समितिमा राख्ने, जबर्जस्ती कागज गराउने, मेरो विरुद्धमा विभिन्न किसिमका मान्छेहरुलाई बयान दिन लगाउने, एकतर्फी रुपमा आफ्नो नियन्त्रणमा रहेका संस्थाहरुबाट रिपोर्ट बनाउने । यस्तो प्रक्रिया वा छानबिन एउटा निष्पक्ष निकायबाट हुनुपर्छ । त्यसमाथि म जीवनभर कानुनको पालना गरेर बसेको मान्छे, कानुनको इज्जत गरेर बसेको मान्छे र कानुनको सर्वोपरितालाई आफैँलाई प्रतिष्ठापित गरेको मान्छे, कानुनबमोजिम भन्दा मैले जीवनमा केही पनि गरेको छैन । पद मेरो लागि ठूलो कुरा होइन । मेरो जीवनको ठूलो असुल भनेको मेरो नैतिकता हो, इमानदारिता हो । कानुन र विधिसम्मत नै राज्य सञ्चालन हुन्छ । प्रजातन्त्रको सुन्दरता नै त्यही हो । हामीले कस्तो प्रहरीको कल्पना गरेका हौं ? प्रहरीले नागरिकलाई सुरक्षा गर्दा उसले ड्यु प्रोसेस अनुसार छानबिनमा लैजानुपर्छ । मजस्तो सिटिङ, सर्भिङ डीआईजी जस्तो पदको मान्छेलाई यसरी हताहतको रुपमा कानुन व्यवसायीबाट बीसौं जना आएर, जबर्जस्ती उठाएर, कानुन व्यवसायीको अगाडि नै जुन किसिमको हद भयो । त्यसले हाम्रो प्रहरी प्रशासन अगाडि जान सक्दैन । यसले प्रजातान्त्रिक मूल्यमान्यतालाई पनि खतरा पु¥याउँछ  । नागरिकको बाँच्न पाउने अधिकार, न्याय पाउने अधिकारलाई कुण्ठित पार्ने अभ्यास हुन्छ । यसको विरोध गर्नुपर्छ । रोक्नुपर्छ । यस्तो खालको गतिविधिले प्रजातन्त्रको भविष्यलाई सुन्दर बनाउँदैन । 


तपाईं अस्पतालसम्म आइपुग्नुपर्ने अवस्था कसरी सिर्जित भयो ?

म कसरी यहाँ आएँ भन्ने प्रसंगमा सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण गर भन्ने आदेश दियो । सर्वोच्च अदालतको रजिष्ट्रारको सामुन्नेमा प्रस्तुत गरेर मेरो कानुन व्यवसायी वरिष्ठ अधिवक्ता शम्भु थापालाई छोड्नु भन्ने आदेश भयो । उहाँहरुले मलाई अदालत लैजाने भनेर लग्नुभयो । वीर हस्पिटल लगरे मेडिकल चेकअप गर्नुभयो । त्यसपछि सर्वोच्चको गेटमा पु¥याउनुभयो । त्यहाँ पुगेपछि फोन आयो, त्यहाँ नबुझा भनेर । बाहिर लिएर जानुभयो । त्यहाँबाट बबरमहल लैजानुभयो र मैले आफ्नो कानुन व्यवसायी टिकाराम भट्टराईलाई फोन गरेँ । उहाँ आउनुभयो । अन्त कतै लैजाने भनेपछि मैले मेरो कानुन व्यवसायी मसँगै बस्नुहुन्छ भनेँ । उहाँहरुले घुमाउँदै घुमाउँदै पाटन लैजानुभयो । मैले बिहानदेखि खाना पनि खाएको थिइनँ । त्यो बेला मलाई ‘चेष्ट पेन’ पनि भइरहेकोले मैले डाक्टरसँग भेट्न पाउनुपर्ने आग्रह गरेँ । तर, उहाँहरुले मेरो आग्रहलाई बेवास्ता गर्दै उपचार गर्न पनि माथिबाट आदेश छैन भन्नुभयो । त्यहाँबाट बालकुमारी पु¥याएर जबर्जस्ती मेरो कानुनी सल्लाहकारलाई गाडीबाट उतार्नुभयो । त्यसपछि मेरो घरपरिवारलाई जिम्मा लगाउने भन्ने कुरा भयो । मेरो परिवारमा मेरी श्रीमती पनि अस्पतालमा रहेकाले अन्य आफन्तलाई जिम्मा लगाउने भन्ने कुरा भयो । मेरो नजिकका सँग कुरा गर्दा उहाँहरुले सर्वोच्च अदालतका रजिष्ट्रारलाई जिम्मा लगाउनुपर्ने अदालतको आदेश भएकाले हामी जिम्मा लिँदैनौं भन्ने कुरा गरे । त्यसपछि सोही अवस्थामा एक÷डेढ घण्टा मलाई गाडीमा नै राखियो । त्यो अवस्थामा मेरो स्वास्थ्य निकै नै नाजुक भइसकेको थियो । मैले उहाँहरुलाई अस्पताल वा मेडिकलमा आफूलाई लैजान आग्रह गर्दा पनि माथिबाट आदेश नभएको बताइयो । स्थानीयले त्यो अवस्थामा देखेपछि उहाँलाई यसरी राख्नुहुन्न भनेर एम्बुलेन्स बोलाएर यहाँ ल्याउनुभयो । डाक्टरले पनि मलाई सही समयमा नै आइपुगेको र ढिलो गरेको अवस्था अझै क्रिटिकल हुनसक्ने बताउनुभयो । 

– जसले कानुनभन्दा बाहिर गएर आदेश दियो, त्यही मान्छे यसमा संलग्न छ । उसैले आफ्नो पद बचाउनका लागि, मेरो न्यायिक प्रक्रियालाई अवरुद्ध गर्नका लागि, यही १९ गते अदालतमा सुनुवाइ छ, त्योभन्दा अघि मलाई सिद्धाएर मुद्दा प्रभावित गर्नको लागि विभिन्न ढंगले जुन प्रपञ्च रचिएको छ, त्यसमा ऊ आफैं जिम्मेवार छ ।


तपाईंलाई पक्राउ गर्ने टोलीमा कोको हुनुहुन्थ्यो ?

यो सम्पूर्ण रुपमा प्रकाश अर्याल भन्ने गैरकानुनी रुपमा प्रहरी संगठनको महानिरीक्षकमा नियुक्त गरिएको व्यक्तिको नै साजिस हो । उसको कमाण्डमा उसले अह्राएर विभिन्न अधिकृतहरुको प्रयोग गरिएको छ । यद्यपि प्रयोग हुनुभएकाहरु मप्रति समर्पित हुनुहुन्छ । तर, बाध्यताका कारण उनीहरुले त्यसो गर्नुपरिरहेको छ । त्यसकारण व्यक्तिगत रुपमा उनीहरुलाई मेरो भन्नु केही छैन । तर, जसले कानुनभन्दा बाहिर गएर आदेश दियो, त्यही मान्छे यसमा संलग्न छ । उसैले आफ्नो पद बचाउनका लागि, मेरो न्यायिक प्रक्रियालाई अवरुद्ध गर्नका लागि, १९ गते अदालतमा सुनुवाइ छ, त्योभन्दा अघि मलाई सिद्धाएर मुद्दा प्रभावित गर्नको लागि विभिन्न ढंगले जुन प्रपञ्च रचिएको छ, त्यसमा ऊ आफैं जिम्मेवार छ । उसको टिममा जोजो छन्, उनीहरु जिम्मेवार छन् । जसले मलाई पक्राउ गर्नुभयो, उहाँहरुप्रति मेरो वैरभाव छैन । उहाँहरुलाई टे«निङको कमी छ, प्रशिक्षणको कमी छ, त्यसमा केही कमजोरी छ । नभएर उहाँहरुले मलाई त्यसरी व्यवहार गर्दैन थिए ।


तपाईंलाई पक्राउ गर्नेमा त जुनियरहरु थिए नि ? 

उहाँहरुले मैले आदेश पालना गरेका हौं भन्नुभएको छ । तर, आदेश दिने व्यक्तिले गलत आदेश दिन पाउँदैन । चेन अफ कमाण्डको श्रृंखलामा बसेको मान्छेले कानुनसम्मत कसैलाई धरपकड गर्ने, थुन्ने, जबर्जस्ती सिग्नेचर गर्ने, बयान लिने, जबर्जस्ती समात, नक्कली प्रमाणपत्र जुटा, नभएको कुरालाई हो भन् भन्न लगाउँछ त्यो मान्छे नै दोषी हो । नेपाल प्रहरीको लामो इतिहास छ । हामीभन्दा अगाडिका थुप्रै पुस्ताले धेरै मेहनत गर्नुभएको छ, जीवन बिताउनुभएको छ । यो आफैँमा सफल र व्यावसायिक संगठन हो । त्यसैले यो संस्थामा कसैले प्रश्न नउठाए हुन्छ । आफ्नो संस्थाप्रति मलाई गर्व छ । तर, केही गलत व्यक्तिहरु छन्, तिनीहरुले पूरै संगठनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । त्यस्ता गलत तत्वलाई हटाउनुपर्ने आवश्यकता छ ।  

– नेपाल प्रहरीको लामो इतिहास छ । हामीभन्दा अगाडिका थुप्रै पुस्ताले धेरै मेहनत गर्नुभएको छ, जीवन बिताउनुभएको छ । यो आफैँमा सफल र व्यावसायिक संगठन हो । त्यसैले यो संस्थामा कसैले प्रश्न नउठाए हुन्छ । आफ्नो संस्थाप्रति मलाई गर्व छ । तर, केही गलत व्यक्तिहरु छन्, तिनीहरुले पूरै संगठनलाई ध्वस्त बनाउन खोजिरहेका छन् । त्यस्ता गलत तत्वलाई हटाउनुपर्ने आवश्यकता छ ।


आफूले सेवा गरेको संगठनबाट नै यस्तो व्यवहार हुनुलाई के भन्नुहुन्छ ?

एउटा अथोरिटीमा बसेको मान्छेलाई मुलुकले यस्तो व्यवहार गर्छ भने यसले मुलुकलाई अगाडि लैजाँदैन । जुन संगठनको लागि मैले जीवन अर्पेँ, जहाँका ९० प्रतिशतभन्दा बढी प्रहरी साथीहरु मेरो लागि प्रे गर्छन्, मेरो पक्षमा छन्, यसरी स्वस्फुर्त रुपमा आएको नेतृत्वलाई, सर्वोच्च अदालतले सर्वोत्तम र नम्बर १ रहेको भनेको व्यक्तिलाई त्यसरी अन्य व्यक्तिलाई अन्यथा प्रकारले नियुक्ति गरेपछि म त स्वतः न्यायालयमा जान्छु नि । यो त मेरो संवैधानिक हक हो नि । अब म न्यायालयमा गएँ भनेर मेरो विरुद्धमा विभिन्न षड्यन्त्र, प्रपञ्च गर्ने, झूठा प्रमाणहरु जुटाउने र मलाई सिद्धयाउने भन्ने जुन अभ्यासहरु प्रहरीको प्रमुखबाट भइरहेको छ, त्यो निन्दनीय छ, दुःखद छ । यसले संगठन, मुलुक र समग्र प्रजातान्त्रिक प्रक्रियालाई पनि राम्रो गर्दैन । व्यक्तिगत रुपमा जो विरुद्ध म आफैँ लडिरहेको छु, ऊ आफैँले बोर्ड गठन गर्ने, कागज बनाउने, आफ्नो मान्छे राख्ने, षड्यन्त्र गर्ने कामहरु भइरहेको छ, यो अत्यन्त निन्दनीय छ । यो कानुनको स्प्रिरिटभन्दा बाहिरको कुरा हो । मेरो झगडियाले मलाई पक्राउ गर्ने, ममाथि अनुसन्धान गर्ने कुरा प्राकृतिक न्यायको सिद्धान्तको विपरीत हो । त्यो भन्दा महत्वपूर्ण कुरा हो, अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको विषयमा सर्वोच्च अदालतले निर्णय गर्छ । कसको के छ सबै उसैले किनारा लगाउँछ । सबैको आशा भरोसाको केन्द्र भनेको सर्वोच्च अदालत हो । 

– मेरो सम्पूर्ण जीवन यो मुलुकका लागि हुन्छ । म जहाँ रहे पनि जसरी रहे पनि करोडौं नागरिकको लागि म काम गर्छु । मसँग एक्सपर्टिज छ, ज्ञान छ, मसँग क्षमता छ, इमान छ । मैले जीवनभर काम गरेर कमाएको इमानपूर्ण प्रतिष्ठा छ, त्यसले करोडौं जनता मेरो साथमा हुनुहुन्छ ।


भोलि अदालतले तपाईंको पक्षमा निर्णय गर्ला वा नगर्ला, त्यसलाई स्वीकार्नुहुन्छ ?

 सर्वोच्च अदालते भोलि जे निर्णय गर्छ त्यो म मान्छु । किनभने यो मुलुकको म नागरिक हुँ । म प्रहरी संगठनमा रहे पनि नरहे पनि यो मुलुकमा नै रहेर काम गर्छु । यहीँ न्यायका लागि, प्रजातन्त्रका लागि भिड्छु म । अन्यायमा परेको लाखौं सर्वसाधारणका लागि भिड्छु । म जस्तो आधिकारिक निकायमा बसेको मान्छेमाथि त यस्तो हुन्छ भने विचरा सडकमा हिड्ने नागरिकको हालत के होला ? तिनीहरुको पक्षमा म सधैं लडिरहन्छु । भोलि अदालतले जे निर्णय गर्ला त्यसपछि म निर्णय लिन्छु । यो मुलुकको लागि मैले काम गरेको छु । यो मुलुक मेरो सबैभन्दा प्रिय हो । प्रजातन्त्र, मानव अधिकारकारका लागि लडिरहनेछु । मेरो सम्पूर्ण जीवन यो मुलुकका लागि हुन्छ । म जहाँ रहे पनि जसरी रहे पनि करोडौं नागरिकको लागि म काम गर्छु । मसँग एक्सपर्टिज छ, ज्ञान छ, मसँग क्षमता छ, इमान छ । मैले जीवनभर काम गरेर कमाएको इमानपूर्ण प्रतिष्ठा छ, त्यसले करोडौं जनता मेरो साथमा हुनुहुन्छ । बाहिर विदेशबाट पनि मेरो पक्षमा लेख्नुहुन्छ । ७५ जिल्लाबाट मेरा शुभेच्छुकहरुले मन्दिरबाट प्रसाद पठाउनुहुन्छ । सर तपाईंको पक्षमा हामी छौं भन्नुहुन्छ, त्योभन्दा ठूलो कमाइ मेरो लागि केही होइन र यो नै मेरो जीत हो । त्यसैले अन्त्यसम्ममा नै म न्यायका लागि लडिरहनेछु ।     

डीआइजी सिलवालले एक अनलाइन टेलिभिजनलाई दिएको अन्तर्वार्तामा आधारित 

         


Share your thoughts!