संविधान संशोधन गर्दा जनमतअनुसार नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्नुपर्छ

Posted on: September 18, 2016 | views: 299

विक्रम थापा, सांसद्, राप्रपा नेपाल राप्रपा नेपालले हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्रको पक्षमा निरन्तर आवाज उठाइरहेको छ, तर देश संघीयता कार्यान्वयनको दिशामा अगाडि बढिरहेको अवस्थामा यो कुरा सम्भव छ ? राप्रपा नेपालको नीति र सिद्धान्त स्पष्टरुपमा भन्नुपर्दा संवैधानिक राजतन्त्र, हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासन प्रणाली नै नेपाल र नेपालीको हितमा छ भन्ने हो, जुन सिद्धान्त अहिले पनि यथावत् छ । जसले जे भने पनि ढिलो र चाँडो यही बाटोमा लाग्नुपर्ने देख्छु म । यो अहिले संविधानमा व्यवस्था भयो, संविधान बन्यो तर बन्यो भन्दैमा यो संविधानलाई हामीले जति नै गरे पनि जनमानसले त्यति राम्रोसँग पचाउन सकेको अवस्था देखिएन । स्थानीय निकायको कुरा गर्दा गाविसहरु मर्ज गर्ने तयारी छैन, गाविसहरु अखण्ड हुनुपर्छ, मर्ज गर्नुहुन्न भनेर आवाजहरु उठिरहेका छन् । अहिले राप्रपा नेपालबाहेक अन्य सबै पार्टीहरु स्थानीय निकाय पुनर्संरचनामा जाने भनेर लागे तापनि त्यसका आधारहरु केही देखिँदैनन् । त्यसो त स्थानीय स्वायत्त शासन प्रणालीमा पूरा रुपमा विकेन्द्रीकरण दिएको भए राम्रो हुन्थ्यो तर अहिले अन्य पार्टीहरुले जुन प्रक्रिया अपनाइरहेका छन्, त्यसले त्यति प्रभावकारिता नहुने देखिएको छ । संघीयताका पक्षपाती भनिने नेताहरु र तिनका कार्यकर्ताहरुबाट जुन कुरा आएको छ, संघीयताका बारेमा जनताले यथार्थ जानेकै रहेनछन्, जानकारी राखेकै रहेछन् भन्ने अहिले देखिन आएको छ । अब संघीयता लागू गर्नका लागि अथवा अहिलेको संघीयताको विचारमा के हो भने एउटा गाविस आफैँमा एउटा राज्य सबै व्यवस्थापन त्यहीँबाट गर्ने, सुरक्षाका बन्दोबस्त पनि आफैँ गर्न सक्नुप¥यो । आफ्नै खालको सुरक्षा दस्ता तयार गर्नुप¥यो, प्रशासन आफ्नै, आफ्नै अण्डरमा कर प्रणाली हुनुप¥यो । त्यतिमात्र नभएर शिक्षा, स्वास्थ्य खानेपानी, सबै त्यही स्थानीय निकाय जुन गाउँपालिका नगरपालिका वा महानगरपालिकाको छाताभित्र अटाउनुप¥यो, व्यवस्थापन गर्नुप¥यो । त्यो कन्सेप्टचाहिँ अहिले बनाइएको संघीयताको व्यवस्था छ, त्यसलाई लागू गर्नका लागि संवैधानिक आयोग गठन भयो, जसले थोरैमा गर्नुपर्छ, आफैँमा अड्नुपर्छ, परिपूर्ण हुनुपर्छ भनेर ग¥यो । चार सयभित्र गर्न खोज्यो, तर त्यो लिमिटमा गर्न खोज्दा सबै पार्टीका नेताहरुबाट यो सम्भवै हुँदैन भनेर भनिरहेका छन् । त्यसकारण पनि यो संघीयता लागू हुन चाहिँ गाह्रो नै छ । तर अब संविधानमा व्यवस्था गरिसक्यौँ । ठीकै छ लागू गरेर हेरौँ न त भन्दा सुरुकै अवस्थामा जे देखिएको छ, यसले चाहिँ अलि कठिनाइ देखिएको छ । केही समयअघि नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक पुनस्र्थापनामा जनता र प्रहरीबीच झडप भयो, यसले के जनता राजतन्त्रको पक्षमा देखिएका हुन् ? त्यसको बारेमा अलि अगाडि जानुपर्छ । जहाँ अहिले स्व. राजा वीरेन्द्रको सालिक स्थापना गर्नेक्रममा झडप भयो यो घटनाभन्दा केही समयअघि त्यहाँ राजाको सालिक थियो नै । त्यो सालिकलाई विभिन्न कारणले तोड्ने फोड्ने काम भयो । तर अहिले जनसहभागितामा आधारित भएर नै जहाँ पहिले सालिक थियो, त्यही ठाउँमा नै राजा वीरेन्द्रको सालिक राख्न लगेका र राखेकामा सरकारले हटाउने प्रयत्न भयो र गरेछन् । यो सरकारले जनताले त्यही ठाउँमा सालिक लिएर पुनस्र्थापना गरेको कुरामा आपत्ति जनाउनुपर्ने थिएन । त्योचाहिँ सरकारको अकर्मण्यता हो । त्यस्तो गलत काम हो । हामीले के बुझ्नुपर्छ भने राजा र हिन्दूराष्ट्र नभएर राजतन्त्र र हिन्दूराष्ट्रलाई जोड्नुपर्छ । नेपालगञ्जमा भएको घटनाले त्यहाँका जनता राजतन्त्रको पक्षमा देखिएको प्रष्ट पारेको छ । त्यहाँका व्यक्तिहरुले श्रद्धापूर्वक यो गरे भने यस्तो भावना देशभरि नै छ । हामीले भनिरहेका छौँ दूरगामी असर पार्ने लामो समयदेखि अभ्यास भईआएका कुराहरुलाई हटाउने प्रयास गर्दा जनताको अभिमत अर्थात् जनमत लिनुपर्छ । जुन कुरा हामीले संसद्मा पनि राखिरहेका छौँ । संविधान बन्ने समयमा पनि हामीले लिखित रुपमा निवेदन ग¥यौँ । तर अल्पमत र बहुमतका कारण त्यो हाम्रो प्रस्ताव ‘इन्टरटेन’ गरिएन । राप्रपा नेपालले त्यति बेला देखि भनेको हो, धर्मनिरपेक्ष, गणतन्त्र भन्ने कुराको निर्णय एक रातको परिवर्तनले दुई चार नेताहरुको लहडमा गरिहाल्न नहुने थियो । यसले चाहिँ नेपालमा दूरगामी असर पर्ने हुन्छ, यसले धेरै नराम्रो कुराहरुलाई निम्त्याउने हुन सक्छ । ती दूरगामी असरहरु के हुन सक्छ ? दूरगामी असरहरु भन्नुपर्दा पहिले पनि नेपालमा सबै धर्महरु मान्नलाई छुट थियो । २०४७ सालको संविधानले पनि नेपालमा सबैलाई आआफ्नो धर्म मानेर हिँड्न पाउने अधिकार दिएको थियो, कुनै बन्देज थिएन । त्यस्तो हुँदाहुँदै धर्मनिरपेक्ष भन्नेबित्तिकै रातारात देशमा धर्मपरिवर्तन गराउने लहरचाहिँ व्यापक रुपमा चल्यो । अर्को कुरा एकले अर्काको धर्म संस्कृतिमाथि धावा बोल्ने कुरा पनि व्यापक रुपमा भएको छ । त्यसले भोलि कालान्तरमा के–के हुने भन्ने अहिले अनुमान गर्नसक्ने अवस्था बनेको छ । त्यस्तै संघीयताका कुरामा पनि अहिले ठूला भनाउँदा नेताहरु नै अलमलमा पर्नुभएको छ । थाहा छैन उनीहरुले कसले भनेर संघीयता रट्नु भयो । कसरी कति बुझ्नुभयो थाहा छैन । अहिले कुनै पनि जिल्लामा ७५ जनता एउटा जातको देखाउन सक्नुहुन्छ ? त्यस कारण संघीयता, जातीयताको कुरा गर्नुपर्दा यसले राष्ट्रलाई जनतालाई कल्याण गरिहाल्छ भन्ने मैले देखेको छैन, अवस्था पनि त्यस्तै देखिँदै आएको छ । तर संविधानमा व्यवस्था गरिहालियो, बहुमतको आधारमा अल्पमतको आवाज सुनिएन । सहमतिको आधारमा नभई बहुमतको आधारमा प्रमुख दलहरुले पेलेर जानुभयो । व्यवहारमा लागू गर्न सकिन्छ भने हेरौँ न त भनिएको पनि हो । अभ्यास गरिँदै पनि छ । तर देशले धान्न सक्ला जस्तो छैन । संघीयता कार्यान्वयन होला जस्तो छैन । राजतन्त्रकै कुरा गर्दा पनि कुनै व्यक्तिविशेष राजाको कुरा नभई एउटा स्थायी संस्थाको पक्षमा हामीले धारणा राखेका हौँ । जस्तो सरकार, प्रधानमन्त्री परिवर्तन हुन्छ, तर सरकार त रहिरहन्छ नि त्यस्तै हो राजतन्त्र भनेको । राजतन्त्र, धर्मनिरपेक्ष, गणतन्त्रलगायतको बारेमा जनता के चाहन्छन् ? एकात्मक राज्य चाहन्छन् वा स्वायत्त शासन चाहन्छन् भन्ने कुराहरु के चाहिन्छ भन्ने कुरा जनताले अभिमत व्यक्त गर्ने हो, सरकारले त्यो कुरा बुझ्नुपर्ने हो तर बुझेको छैन । जस्तो धर्मनिरपेक्ष चाहिने कि हिन्दू राष्ट्र चाहिने भन्ने कुरा स्पष्टसँग जनतालाई सोध्नसक्न पर्ने हो नि । त्यही कुरा सोधौँ, जनताको अभिमत लिऔँ भनेर हामीले भनेका हौँ । त्यस्तै, स्थानीय स्वायत्त शासन नै राख्ने कि संघीयतै राख्ने त्यो कुरा पनि जनतालाई सोधौँ । अब गणतन्त्र राख्ने कि संवैधानिक राजतन्त्र राख्ने भन्ने कुरा पनि जनतालाई सोधौँ । यो अभिमत लिँदा राम्रो हुन्छ । अभिमत लिँदा नै यसले पछिसम्मलाई काम गर्न सक्छ । ती कुराहरु ठूला पार्टीहरुका नेताहरुले साह्रै घमण्ड देखाएर निर्णय गराए । यो ठीक छैन भन्ने हाम्रो बुझाइ छ । अर्को कुरा हिजो संविधान निर्माणको समयमा जनतासँग अभिमत बुझ्न जाँदा ९४ प्रतिशतभन्दा बढी जनताले किटानी रुपमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्छ भनेर सुझाव दिएका छन् । त्यस्तै संवैधानिक राजतन्त्र हुनुपर्छ र संघीयता देशलाई फाप्दैन भनेर सुझाव दिएका छन् । यी जम्मै दस्तावेजहरु हेर्ने हो भने अहिले पनि टड्कारै छ । यी सबै जनताको अभिमतलाई थन्क्याएर केही पार्टी तथा तिनका नेताहरुको लहडमा यी तीनवटा विषयमा निर्णय गरियो, ती कुरा भोलिका दिनका लागि उपयुक्त हुँदैन भन्ने हाम्रो ठहर हो । अहिले संविधान संशोधनको कुरा चलिरहेको छ, तपाईंहरुको माग समेटिने सम्भावना छ ? हाम्रा सम्माननीय प्रधानमन्त्री भारत भ्रमणमा जानुभएको छ । तर उहाँले आफू भारत भ्रमणमा जानुअगावै संविधान संशोधनको लागि प्रस्ताव पेस गरेर जान्छु भनेर भन्नुभएको थियो र त्यसबारेमा धेरैसँग छलफल गर्नुभएको थियो । त्यसै भएको हुँदा राप्रपा नेपालले पनि संसद्मा स्पष्ट रुपमा नेपाली जनता हिन्दूराष्ट्रको पक्षमा छन्, त्यसकारण कि जनमत संग्रह गरेर निर्णय गर कि धर्मनिरपेक्षको साटो हिन्दूराष्ट्र कायम गर भनेर भनेका छौँ । यदि सिधै संविधान संशोधनको प्रस्ताव ल्याउने हो भने त्यसभित्र एउटा एजेण्डा हिन्दूराष्ट्रको पनि ल्याउनुपर्छ भनेर मैले संसद्बाट पनि सरकार आग्रह गरेको छु । हिन्दूराष्ट्रको प्रस्ताव नल्याई अरु कुरा मात्र ल्याएर संविधान संशोधन हुन्छ भने राप्रपा नेपाल नेपाली जनताको अभिमतअनुसार विपक्षमा रहन्छ । राप्रपा नेपालभित्रै विभिन्न किचलोहरु र समानान्तर पार्टी गठन जस्ता समस्या देखिन्छन् ? यसले पार्टीको एजेण्डामा असर गरेको छैन ? संसद्मा उठाउने कुरा वा राप्रपा नेपालको एजेण्डाका बारेमा गुट उपगुटका कुराहरुले असर गर्दैन भन्ने कुरा पहिला म स्पष्ट पार्न चाहन्छु । किनभने हाम्रो संसदीय दलका नेता पार्टीका अध्यक्ष कमल थापाज्यू आफैँ हुनुहुन्छ र हाम्रो हिन्दूराष्ट्र, संवैधानिक राजतन्त्र र स्थानीय स्वायत्त शासनको बारेमा पार्टीको हरेक पटकको आधिकारिक निर्णयमा स्पष्टसँग भनिएको छ र यो नेपाल र नेपालीको आवश्यकता हो र यसलाई जस्तोसुकै अप्ठ्यारो पर्दा पनि यो संशोधन नहुने विषय भनेर निर्णय भएको छ । भर्खर केही समयअघि पार्टीको आधिकारिक राष्ट्रिय केन्द्रीय परिषद्को बैठक भएको थियो, त्यो बैठकमा पनि राप्रपा नेपालले लिएको संवैधानिक राजतन्त्र, हिन्दूराष्ट्रलगायतको नेपाल र नेपालीको लागि हितमा छ भनेर निर्णय भएको छ । कसैको घरमा बसेर केही सानातिना तयारी गरेर केही असन्तुष्टि व्यक्त गरे भन्दैमा हाम्रा एजेण्डाहरुलाई लागू गर्न, यी विषयहरुलाई लिएर संसदमा छलफल गर्न र बोल्नका लागि आपत्ति र अप्ठ्यारो रहँदैन, छैन । हाम्रो एजेण्डामा राप्रपा नेपालले एकढिक्का छ भन्ने स्पष्ट गर्न चाहन्छु । जहाँसम्म तपाईंले उठाउनुभयो यो गुटउपगुट व्यक्तिगत इच्छा आकांक्षाका कुरा यो मानवीय स्वभाव हो । आफूले भनेको कुरा नहुँदा अनेक टीकाटिप्पणी हुनु स्वाभाविक हो । त्यसलाई अन्यथा लिन्नँ म । यदि सही कुरा गरिएको छ भने पार्टीका नेताहरुलाई सही बाटो पनि देखाउँछ । अब हेर्नुस् महाधिवेशन हुन्छ महाधिवेशनमा हामी उम्मेदवार हुने, महाधिवेशनमा कार्यकर्ताले छानेको मान्छेले जित्ने र नछानेको मान्छेले हार्ने स्वाभाविकै हो । त्यसका भोलिपल्टदेखि यो अध्यक्ष भएन पार्टी बिगार्न लाग्यो भनेर केही व्यक्तिहरुले अभिव्यक्ति दिँदै हिँड्दा सञ्चारमाध्यमहरुले राप्रपा नेपालको बारेमा कसैले केही भन्यो भने त्यसलाई बंग्याएर ठूलो कुरा बनाएर भरिपूर्ण बनाएर लेखिदिने काम भएको छ । राप्रपा नेपाल नेपालभित्रै जन्मिएको, नेपालीको लागि आफ्नै बुद्धि र बर्कतमा हुर्किएको पार्टीलाई अगाडि बढ्न नदिने षड्यन्त्र पनि छ, त्यही षड्यन्त्रको मारमा राप्रपा नेपाललाई बेलाबखतमा पारिन्छ । जानेर नजानेर सञ्चारमाध्यमका साथीहरुले त्यसलाई साथ दिनुभएको छ । त्यसलाई बुझिदिनका लागि र म पनि नेपाली हो र नेपाली सञ्चारमाध्यमहरुले नेपाल र नेपालीकै लागि काम गर्नुपर्छ भनेर बुझ्न आवश्यक छ । समानान्तारको कुरा गर्दा दुई जना मान्छेहरुले मिलेर समानान्तर भनेर बोलाइदिँदा सञ्चारमाध्यमले ल समानान्तर पार्टी खोल्यो भनेर भन्दिन भएन । समानान्तर भनेको के हो, कति भयो भने समानान्तर हुने, कस्तो समान्तार हो भन्ने कुरा बुझेर सुसूचित गरिदिनुभयो भने देश र जनताको कल्याण हुन्छ भन्ने मलाई लाग्छ । राप्रपा नेपालको समानान्तर पार्टीका रुपमा हामीले मानेकै नेता पहिले उपाध्यक्ष हुनुभयो सहअध्यक्ष हुनुभयो मैले पनि श्रद्धा गरेको पद्म सुन्दर लावतीको नेतृत्वमा केही साथीहरुले खोल्नुभयो । तर त्यस्ता समानान्तर कतिपटक राप्रपा नेपालमा मिलिसक्यो कुनचाहिँ समानान्तर कुरा गर्नुहुन्छ ? कुनचाहिँको प्रचार गरिदिनुहुन्छ यो कुरा बुझिनसक्नु भएको छ । एकाध व्यक्तिहरु व्यक्तिगत कुरा चित्त नबुझेर समानान्तर पार्टी खोल्ने भन्ने कुरा होइन । वैचारिक कुरा नमिलेर खोलेको हो कि होइन भन्ने कुरा हेर्नुप¥यो । वैचारिक रुपमा मतभेद आयो भने हुन्छ नत्र भने ती साथीहरु कहाँ गएर विलीन गर्नुहुन्छ भने राप्रपामा गएर विलीन हुन्छन् । राप्रपाको घोषित नीति अहिले पनि पढेर हेर्नुुस् गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता घोषित नीति त त्यही हो, अहिलेसम्म कुनचाहिँ उसले पास गरेको छ ? त्यहाँ गएका साथीहरु समानान्तर पार्टी हुन सक्छ कि सक्दैन समानान्तर हो कि होइन त्यो कुरा हेरेर मात्र बोल्दिनु हुन वेश हुन्थ्यो । समानान्तर खोलेका मान्छेहरु गणतन्त्रवादी संघीयतावादी, धर्मनिरपेक्षतावादी पार्टीमा जान्छन् भने त्यहाँ गएर विलीन हुन्छन् भने उहाँहरुको वैचारिक धरातल नभएको साथीहरु मान्नुपर्ने कि नपर्ने भन्ने प्रश्न तपाईंमार्फत उहाँहरुलाई सोध्न चाहन्छु । त्यही विचार र सिद्धान्तमा लागे मात्र समानान्तर हुनसक्छ नत्र त्यो पनि हुँदैन । होइन भने कार्यकर्ताले भोट नहाल्ने पार्टीभित्र बसेर कुरा गर्न नसक्ने सम्बन्धित निकायमा बसेर आफ्ना विचार र कुराहरु नराखेर बाहिर आएर समानान्तर भनेर हिँड्नुचाहिँ राजनैतिक नैतिकताले नदिने कुरा हो भन्न चाहन्छु । तपाईंहरु संसद्मा प्रतिपक्षमा पनि हुनुहुन्छ, सरकारको कामकारबाही र राप्रपा नेपालको आगामी एजेण्डाबारे बताइदिनुस् न ? केही साथीहरुले अहिले के प्रश्न उठाइरहनुभएको छ भने तपाईंहरुले आफ्नो एजेण्डा नै छोड्नुभयो तपाईंहरुले आफ्नो कुरालाई राख्नसक्नुभएन गर्नुभएन भनिरहेका छन् । तर हामीले के भन्न र गर्न आएका हौँ भने सबैभन्दा ठूलो कुरो राप्रपा नेपाल भनेको प्रजातन्त्रवादी पार्टी हो । यसमा कसैले शंका नगर्दा हुन्छ र शंका गर्ने ठाउँ पनि छैन । अब हामीले देशमा रहेको वर्तमान व्यवस्थालाई परिवर्तन नगरेसम्म, संशोधन नगरेसम्म मान्नुपर्ने हुन्छ । आफ्नो भएको व्यवस्थालाई प्रयोग गर्दै आफ्ना नीति र निर्णयलाई लागू गर्न काम गर्दै आएका छौँ र त्यही गर्दै आएका छौँ । संसदमा धेरै होस् थोरै होस् हाम्रा आफ्ना वैचारिक कुरा जनता र राष्ट्रका लागि गर्ने कुरामा यथावत् नै छ रहन्छ । जनताको पक्षमा सधैं काम गर्नुपर्छ । चाहे भित्र बसेर होस् या बाहिर बसेर होस् जनताको पक्षमा काम गर्नु एउटा नेताको जिम्मेवारी पनि हो । तर हाम्रो वास्तवमा यथास्थिति के हो, अहिलेको अवस्था के छ, यो अवस्थालाई कसो गर्दा अगाडि बढाएर लान सकिन्छ भनेर हेर्नुको सट्टा आफ्नो यथार्थ धरातललाई नदेखीकन अरु विदेशीहरुले देखेको र भनेको कुरालाई स्वीकार गरेर अघि बढ्न खोज्दा देश धेरै अप्ठ्यारोमा पर्दै आएको कुरा सबैले बुझ्नुपर्छ । अरु पार्टीहरु विशेष गरी कम्युनिष्ट साथीहरुको भनाइ के भने अहिले भएका संरचनाहरु ध्वस्त बनाइदिऔँ त्यसपछि नयाँ संरचनाहरु खडा गरौँ भन्ने जुन कुरा छ त्यसले देशलाई अगाडि लैजान्छ भन्ने कुरा अहिलेसम्म देखिएको छैन । जस्तो माओवादी साथीहरुले गर्नुभयो त्यो कुरा आखिरीमा आएर कहाँ टुंगियो भने उही संसद् उही सिस्टम खोज्नुप¥यो नि । त्यसकारण भएका नराम्रा कुराहरुलाई सुधार गर्दै नराम्रा कुराहरुलाई संशोधन गर्दै राम्रा कुराहरुलाई राख्दै अघि बढ्न सक्यो भने जनताको सर्वोत्तम हित हुन्छ । त्यही अनुरुप नै राप्रपा नेपाल अघि बढ्छ ।

Share your thoughts!