शाइन रेसुङ्गाको बैंकिङ सेवा अब काठमाडौंमा पनि, एकैदिन उद्घाटन गर्यो ५ नयाँ शाखा

Posted on: March 22, 2021 | views: 825 सुशासन संवाददाता

काठमाडौं, चैत ९ । रुपन्देहीको बुटलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले औपचारिक रुपमा आइतबारदेखि आफ्नो नयाँ शाखाहरु काठमाडौंमा विस्तार गरेको छ । 

काठमाडौंका पाँच स्थानहरु नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धरामा आफ्नो नयाँ शाखा कार्यालयहरु उद्घाटन गर्दै शाइन रेसुङ्गाले काठमाडौं प्रवेशको शुभारम्भ गरेको हो ।

वित्तीय पहुँच र ग्रामीण बैकिंगलाई उच्च प्राथमिकतामा राखेको यस बैंकले अब ग्रामिण क्षेत्रलाई काठमाडौंसँग आर्थिक कारोबारमा जोडिने योजनाअनुरुप काठमाडौंमा नयाँ शाखाहरु सञ्चालन गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गुल्मीमा रहेको रेसुङ्गा विकास बैंक, बाँकेमा रहेको भार्गव विकास बैंक र रुपन्देहीको सिद्धार्थनगर भैरहवाको पूर्णिमा विकास बैंकसँग मर्जरर एक्विजिशन गरी व्यवसायिक क्षमताको विस्तार गरिरहेको छ ।

विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने ६५ जना संस्थापकको ६ करोड चुक्ता पूजीबाट सञ्चालनमा आएको यस बैंकको हाल ४ अर्ब पूजीकोष, ४ लाखभन्दा बढी ग्राहक, ३३ अर्बभन्दा बढी निक्षेप, ३१ अर्बभन्दा बढी कर्जा लगानी, ८०० भन्दा बढी कर्मचारी र ८० वटा शाखा सञ्जाल रहेका छन् ।



Share your thoughts!