आइएमई पे र इन्द्रपुर खानेपानीबीच सम्झौता

Posted on: January 26, 2021 | views: 299 सुशासन संवाददाता

काठमाडौँ, माघ १३ । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र बिराटचोक मोरङ्गस्थित इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितीबीच सम्झौता भएको छ । 

सम्झौता अनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल  ‘आइएमई पे’ वालेटमार्फत भुक्तान गर्न सक्नेछन् । 

सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट अधिकृत भवानी प्याकुरेल र इन्द्रपुर खानेपानीका संचालक सुजता चौलागाईंले हस्ताक्षर गरेका छन् । यस सम्झौताबाट ६ हजार घरधुरी लाभान्वित हुनेछन् । 


Share your thoughts!