ग्लोबल आइएमई बैंकको एटीएम सेवा लिबाङको आर्मी व्यारेक परिसरमा

Posted on: December 29, 2020 | views: 220 सुशासन संवाददाता

रोल्पा, पुस १४ । ग्लोबल आइएमई बैंकले लिवाङ्ग जिल्लास्थित आर्मी व्यारेक परिसरमा एटिएम सेवा सुरु गरेको छ । यस नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या २४० पुगेको छ । 

उक्त एटिएम सेवा खड्गदल गन , लिबाङ रोल्पा का प्रमुख सेनानी सुधिर केसीले उद्घाटन गरेका हुन् । 

बैंकले जिल्लाको सातदोबाटो, खुमेल, बम्रुक लगायतका ग्राहकहरुलाई लक्षित गरी उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४३ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 


Share your thoughts!