‘आइएमई पे’ ल्यायो दसैँको किनमेलमा तीस प्रतिशत क्यासब्याक अफर

Posted on: October 11, 2020 | views: 68 सुशासन संवाददाता

काठमाडौँ, असोज २५ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’ ले दसैँको अवसरमा गरिने किनमेललाई ध्यानमा राख्दै आइएमई पे मोबाइल वालेट मार्फत गरिने भुक्तानीमा तीस प्रतिशत क्यासब्याकको अफर सार्वजनिक गरेको छ । 

किराना, किनुमन, ठूलो डट कम, काठमाडौं अग्र्यानिक, सोचेको डट कम र नेपमेड्सका आउटडेटेडबाट विक्री हुने आवश्यक सामानहरू जस्तै: औषधी, तरकारी, फलफुल र नयाँ लत्ताकपडा खरिदको  भुक्तानीमा यस्तो अफर सार्वजनिक गरिएको हो । यो अफर २५ असोजबाट शुरू भइ कार्तिक ७ गतेसम्म कायम हुनेछ । 

यो अफरसँगै कोरोना भाइरस (कोभिड-१९) को बढ्दो प्रभाव र अपनाउनुपर्ने सूरक्षा सतर्कता अन्तर्गत सामाजिक र भौतिक दूरी कायम गर्न आम उपभोक्तालाई सहज हुने विश्वास कम्पनीले लिएको छ । 


Share your thoughts!