आइएमईले पुर्‍याउँदै छ घर-घरमा नै रेमिटेन्सको सुविधा

Posted on: August 30, 2020 | views: 169 सुशासन संवाददाता

काठमाडौं, भदौ १४ । आईएमई रेमिटेन्सले आफ्ना एजेन्टको सहभागितामा डिजिटल वालेट सुविधा ‘आईएमई-पे’ मार्फत रेमिटेन्स सिधै मोबाइल वालेटमा प्राप्त गर्ने व्यवस्था गरेको छ ।

नयाँ सुविधाअन्तर्गत आफुलाई स्वदेश वाविदेशबाट आएको रकम प्राप्तगर्नका लागि ‘आईएमई-पे’ वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ । त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी सम्बन्धित फिल्डमा स्पष्टसँग भर्नुपर्दछ । प्रकृया अनुसार आफ्नो वालेट पीन दाखिला गरी तपाईंको रकमको अवस्था एकिन गर्न सक्नुहुनेछ । 

यदि तपाईंलाई पठाएको रकम ‘आईएमई-पे’ एपमा नै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटम थिची आफ्नै वालेटमा प्राप्त गर्नु सक्नुहुनेछ । त्यसका अतिरिक्त ‘नियर बाइएजेन्ट’ माथि आफुँलाई पायक पर्ने आइएमई काउन्टर भ्रमण गरी आफ्नो पैसा प्राप्तगर्न सक्नुहुनेछ । यी सवै सुविधा प्राप्तगर्नका लागि आइएमई पे एप डाउनलोड हुनुका साथै केवासी अध्यावधिक भएको हुनुपर्दछ । यस सम्बन्धि पूर्ण जानकारीका लागि कृपया यो लिंक क्लिक गर्नुहोस् ।

आइएमईले  ‘आईएमई-पे’  मोबाइल वालेट एपबाट नेपालभित्र रहेका नेपालीलाई आफ्नो घर, आफ्नै कोठाबाट नै रेमिटेन्सको रकम प्राप्त गर्ने सुविधा दिँदै आइरहेको छ । सो रकम यसरी आफ्नो मोबाइल वालेटमा रहँदासम्म उक्त रकमको ब्याज रू. ५० सम्मको बोनस पनि प्राप्त हुन्छ । 


Share your thoughts!