साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको गाईघाट अनुगमन कार्यालय तेश्रो वर्षमा

Posted on: July 31, 2020 | views: 166 सुशासन संवाददाता

उदयपुर, साउन  १६ । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको अनुगमन कार्यालय गाईघाट संचालनको तेश्रो वर्षमा प्रवेश गरेको छ । 

प्रदेश १ को झापा विर्तामोडमा मुख्य कार्यालय रहेको उक्त संस्थाले २०७५ साल साउन १५ गते गाईघाटमा स्थापना गरेको अनुगमन कार्यालय बिहिबार देखि दोश्रो वर्ष पार गरी तेश्रो वर्षमा प्रवेश गरेको संस्थाले जनाएको छ । 

अनुगमन कार्यालय स्थापना दिवसको अवसर पारी कार्यालयले अनुगमन कार्यालयबाट वितरीत कर्जा सुरक्षण क्षतिपूर्तिको विवरण सार्वजनिक गरेको छ । 

विवरण अनुसार अनुगमन कार्यालय अन्तर्गतका सेवाकेन्द्र मार्फत संस्थाले आर्थिक वर्ष २०७५-०७६ मा  २६ लाख २८ हजार ९ सय ४६ रुपैया कर्जा सुरक्षण क्षतिपूर्ति वितरण गरेको अनुगमन कार्यालयका प्रमुख महेश तामाङले जानकारी दिए । उनका अनुसार सदस्यहरुको मृत्यु, बाढीपहिरोमा क्षति, सुत्केरी पोषण सुविधा, सर्पदंश उपचार सुविधा, हुरी बतास विनास क्षतिपूर्ति लगायतका क्षतिपूर्ति रहेका छन् । 

त्यस्तै संस्थाले कोभिड-१९ लकडाउन विशेष राहत वितरण विवरण समेत सार्वजनिक गरेको छ । विवरण अनुसार उदयपुरका ६ ओटा पालिकालाई ५० हजार बरावरको नगद र खाद्यन्न सहयोग गरेको, बेलसोत क्वारेण्टीनमा १६ हजार ५३० बरावरको खाद्यन्न कटारी नगरपालिका मार्फत वितरण गरेको, एकका लागि एक अभियान अन्र्तगत त्रियुगाका ३५ विपन्न परिवारलाई प्रति परिवार २ हजारका दरले प्याकेजमा खाद्यन्न सामाग्री प्रदान गरेको अनुगमन कार्यालयले जनाएको छ ।

अनुगमन कार्यलय मातहत कटारी, नेपालटार, गाईघाट, बेलटार लगायतका ७ ओटा सेवाकेन्द्रहरु रहेका छन् ।

Share your thoughts!