ताप्लेजुङमा एनआईसी एशिया बैंकको शाखा बिस्तार

Posted on: May 13, 2019 | views: 376 सुशासन संवाददाता

काठमाडौं, बैशाख ३० । एनआईसी एशिया बैंकले ताप्लेजुङको सदरमुकाम फुङलिङमा आफ्नो शाखा विस्तार गरेको छ । 

बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई वित्तीय सेवा प्रवाह गर्ने उद्देश्यले सदरमुकाम फुङलिङमा आइतवारदेखि सेवा शुरु गरेको छ ।  उक्त शाखाको फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले उद्घाटन गरेका हुन् । कार्यक्रममा एनआईसी बैंक दमक उपप्रादेशिक कार्यालय प्रमुख दीपक थापाले सबैमा वित्तीय सेवा प्रवाह गर्ने उद्देश्यले शाखा थप गरिएको बताए ।

Share your thoughts!