एघार अर्ब ६१ करोडको ट्रेजरी बिल बिक्री हुँदै

Posted on: March 31, 2019 | views: 110 रासस

काठमाडौँ, चैत १७ । नियमित रुपमा ट्रेजरी बिल र रिपो बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले सोमबार पुनः ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले आज एक सूचना प्रकाशित गरी रु ११ अर्ब ६१ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने जानकारी दिएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकका अनुसार रु एक अर्ब बराबरको ट्रेजरी ९१ दिने अवधि, रु तीन अर्बको १८२ दिनका लागि तथा रु चार अर्ब ३६ करोड बराबरको ट्रेजरी बिक्री गर्न लागिएको हो । बैंकले यस अघि चैत ११ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । 

Share your thoughts!