एनएमबि बैंकले ३० प्रतिशत लाभांश वितरण गर्ने

Posted on: November 22, 2018 | views: 97 सुशासन संवाददाता

काठमाडाैं, मंसिर ६ । एनएमबि बैंकले शेयरधनीलार्इ १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद गरि ३०% लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैंक ३६९अाैं सञ्चालक समितिको बैठकले गत अार्थिक वर्षको नाफाबाट बोनस शेयरका र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीलार्इ बाडँफाडँ गर्ने बैंकले जनाएको छ। बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैँया छ । लाभांस वितरण पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख पुग्नेछ जनाएको छ ।

एनएमबि बैंकले अघिल्लो वर्षको नाफाबाट बैंकले एफपिओले समेत पाउने गरि १५ प्रतिशत बोनस शेयर वितरण गरिसकेको थियो ।

Share your thoughts!