प्रभु बैंकका २ शाखा कार्यालय सञ्चालन

Posted on: September 05, 2018 | views: 211 सुशासन

काठमाडौं, भदौ २० । प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ शाखा गरी बुधबारदेखि २ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

बैंकले संघीय संरचनाबमोजिम गठित विभिन्न स्थानीय तहमा बैंकिङ पहुँचबाट टाढा रहेका सेवाग्राहीलाई सरल र सहज रुपमा गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित शाखा विस्तार गरेको हो ।

शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । यी दुई शाखाहरुसँगै मुस्ताङ जिल्लाको सबै गाउँपालिकाहरुमा प्रभु बैंकको शाखाहरुबाट बैंकिङ पहुँच पुगेको छ ।


Share your thoughts!