दृष्टिबिहीनको गायन प्रतियोगिता सौराहामा

Posted on: March 28, 2021 | views: 112 सुशासन संवाददाता

काठमाडौ, चैत १५ । भनिन्छ हरेकको जिवनमा सफलताको पछाडि कसै न कसैको हात रहेको हुन्छ । सफलता हात पार्न सपागंहरुलाई जति सहज मानिन्छ अपागंहरुका निम्ति त्यति नै कठिन  त्यसमा पनि दृष्टिबिहीन। 

गुम्सिएका तथा प्लेटफार्म नपाएका प्रतिभालाई हौसला र अवसर प्रदान गर्दै एमआरडिएफ नेपाल (संगित अनुसन्धान तथा विकास केन्द्र) र लव एवं सपोर्ट फाउन्डेशनको सहकार्यमा  गायन प्रतियोगिताको आयोजना हुने भएको छ।

बैसाख १५ मा चितवनको सौराहामा आयोजना हुने उक्त प्रतियोगितामा सम्माननिय उप राष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यता रहने कार्यक्रम संयोजक राजु लामाले बताए। देशभर यस्ता कैयन प्रतियोगिताहरु आयोजना भईरहेको अवस्थामा यों प्रतियोगिता अरु भन्दा के फरक भन्ने सवालमा लामा बताउँछन् ।

शारिरीक, भौतिक र कमजोर आर्थिक पक्षका कारण आफु भित्र रहेको प्रतिभालाई समेत बाहिर ल्याउन नसक्ने दयनिय अवस्थालाई ध्यानमा राख्दै उनीहरुलाई हौसला एवं प्रोत्साहन गर्ने अभिप्रायका साथ कार्यक्रमको आयोजना गरिएको र यो विशेष दृष्टिबिहीनहरुकै लागि मात्र आयोजना गरिएको हो ।

प्रतियोगिहरुलाई १ लाख बराबरको बिमासहित उनीहरुको शैक्षिक अध्ययनका लागि समेत प्याकेजको घोषणा गरिएको छ। देशभरबाट लिइएको पहिलो अडिसन मार्फत १२ जना प्रतियोगिहरु फाईनल राउण्डमा प्रवेश गरेको र उनीहरुमध्येबाटै उत्कृष्ठ तिन जनालाई क्रमशस् १ लाख, पचास हजार र पच्चिस हजार पुरस्कार राशि प्रदान गरिने छ।

Share your thoughts!