टुक्रिएको जिल्लाबासीको मन जोड्ने गीत (भिडियो सहित)

Posted on: September 23, 2020 | views: 215 सुशासन संवाददाता

काठमाडौ, असोज ७ । राज्यको पुर्नसंरचनाले नवलपरासी जिल्ला टुक्रिएर दुईवटा जिल्ला बनेको छ । दुई जिल्लालाई नवलपरासी (वर्दघाट सुस्ता पश्चिम)र नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नामले चिनिन्छ ।  

तर अलग्गिएको जिल्लाबासीको मन राजेश कुमारले जोड्ने प्रयास गरेका छन्, गीत संगितको माध्यमबाट । भनिन्छ, गीत संगितले टुक्रिएको मन पनि जोडिन्छ । 

अलग्गिएको जिल्लाबासीको मन जोड्ने गरी राजेश कुमारको शब्द संगीतमा गीत सार्वजनिक भएको छ ।

३० भन्दा बढी कलाकार तथा जिल्लाभित्रका व्यक्तित्वहरू र त्यहाँका पर्यटकीय, धार्मिकस्थलहरुलाई म्यूजिक भिडियोमा दृश्यांकन गरिएको छ । त्यसका अलावा त्यहाका स्थानीय धर्म, कला र संस्कृतिलाई समेत गीतका माध्यमबाट देखाउन खोजिएको छ ।

महानायक राजेश हमाल, उद्योगपति निर्वाण चौधरी, कलाकार टीका पहाडी, नायिका प्रिया रिजाल, नायक तथा मोडल गौरव पहाडी, गायिका ईन्दिरा जोशी, हेमन्त शर्मा, संगीतकार हरि लंम्साल लगायतका कलाकर्मीहरुको अभिनय देख्न सकिन्छ ।


Share your thoughts!