‘घुम्टो’ लिएर आए गायक उमेश भट्टराई

Posted on: June 20, 2020 | views: 393 सुशासन संवाददाता

विराटनगर, असार ६  ।  पूर्वका गायक उमेश भट्टराईको पहिलो गीत सार्वजनिक भएको छ । लामो समय साँगितिक क्षेत्रमा संघर्ष गरेका गायक भट्टराई तिम्रो शिरमा घुम्टो राखि सजाउँदाको मज्जा बेग्लै... बोलको गीत मार्फत दर्शक स्रोतामाझ आएका हुन । मिरा साउण्ड रेकर्डिङ पुतलीसडकमा रेकर्ड गरिएको गीत हार्दिक मिडिया नामक युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ । 

गीतमा विकास चौधरीको संगीत रहेको छ भने शब्द गायक आफैले तयार गरेका छन् । माया प्रेम गर्नेहरु प्रति लक्षित गरी तयार गरिएको गितको भिडियो भने दयाराम घिमिरेले तयार गरेका हुन । आफुले कडा मेहनतका साथ गीत तयार गरेकोले दर्शक स्रोताले मन पराउने अपेक्षा गरेको गायक भट्टराईले बताए । गायक नेपाल आयल निगममा कार्यरत छन् ।


Share your thoughts!