गायक तथा सञ्चारकर्मि जेठाराको डिजे गित ‘म्याक्सिवाली’ सार्वजनिक

Posted on: March 20, 2020 | views: 135 गणेश मौनी

डोटी, चैत्र ७  । गायक तथा सञ्चारकर्मि नविन जेठारा माहासागरको नयाँ डिजे गित म्याक्सीवाली भिडियो सहति शुक्रबार सार्बजनिक भएको छ । 

पछिल्लो समयमा नेपाली गितसंगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक जेठारामहासागरको डिजे गित म्याक्सिवाली सार्वजनिक भएको हो । गायक तथा सर्जक जेठाराको लय तथा शब्द रहेको गितमा चर्चित युवा र्यापर सुर्य दर्लामी मगरले र्याप दिएका छन् । भने त्यसै गरि केशब बडुको संगीत संयोजन रहेको यस गीतको म्युजिक भिडियोलाई युवा पुस्ताका चर्चित निर्देशक बिक्रम चौहानको निर्देशन तथा कोरीयोग्राफ रहेको छ । म्युजिक भिडियोलाई प्रकाश खड्काले छायाँकन गरेका छन् भने लक्ष्मन चौहानले सम्पादन गरेका हुन् ।

उक्त गितमा निर्देशक बिक्रम चौहान र सावित्री बिसीको अभिनय रहेको छ । म्याक्सिवाली गित कघप भ्लतभचतबष्लmभलत को अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ । उक्त गितले छोटो समयमा नै चर्चाको सिखरमा पुग्न सफल हुने विश्वास लिएको गायक जेठाराले बताएका छन् ।  

डोटी जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीमा जन्मनुभएका नब गायक महासागरले यो भन्दा पहीला दर्जनौ गितहरुमा स्वर दिईसकेका छन् । 




Share your thoughts!