गिरीले बजारमा ल्याए मार्मिक गीत ‘आर्यघाटैमा’

Posted on: November 25, 2018 | views: 187 सुशासन संवाददाता

काठमाडौं, मंसिर ९ । गीतसंगीतको उर्वरभूमि स्याङ्जाको चापाकोट नगरपालिका–४, ज्याग्दि दार्सिङमा जन्मिएका नवगायक विष्णुकुमार गिरीले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन् । गीतमा गिरी र गायिका पूर्णकला बीसीको स्वर रहेको छ ।

सांगीतिक क्षेत्रमा प्रवेश गरेको छोटो समयमै आफूलाई यस क्षेत्रमा अब्बल बनाउँदै अगाडि बढिरहेका गिरीका प्रायः जसो सबै गीतमा उनकै लय, शब्द, स्वर र अभिनयसमेत रहने गर्दछ । ‘आर्यघाटैमा’ बोलको यस गीतमा शब्द गिरीको नै छ भने लय तथा एरेन्ज अग्रज गायक तथा सर्जक गौरव गिरीको रहेको छ । गीतको भिडियोमा अभिनय गिरी र साया भण्डारीले गरेका छन् । 

गीत तथा भिडियोले कलिलो उमेरमै आफ्नो श्रीमान्को मृत्यु हुँदा श्रीमतीलाई कस्तो हुन्छ भन्ने पीडालाई प्रस्तुत गर्ने जमर्को गरेको छ । साथमा धार्मिक र हाम्रो संस्कृतिप्रतिको विश्वासलाई निरन्तरता दिनुपर्ने भावना पनि बोकेको छ । भिडियोलाई ‘विष्णुकुमार गिरी’ नामको युटुब च्यानलमा हेर्न सकिन्छ ।


Share your thoughts!