दाङबाट उदाएकी उषा

Posted on: August 26, 2018 | views: 631 सुशासन संवाददाता

काठमाडौं, भदौ १० । सडक नाटक हुँदै म्युजिक भिडियोमा अभिनय गरेकी दाङकी उषा खनाल फिल्महरूमा पनि देखिन थालेकी छन् । एक सय भन्दा बढी म्युजिक भिडियो अभिनय गरीसकेकी खनाल नयाँ फिल्म ‘वीरबहादुर’का लागि मुख्य अभिनेत्रीका रूमा अनुबन्धन भएकी छन् । 

कथाको माग र फिल्मको चरित्रअनुसार कलाकारले अभिनय गर्न सक्नुपर्ने बताउने उनी ‘बीचबाटो’ भन्ने फिल्मबाट ठूलो पर्दामा देखिन थालेकी हुन् । यसै फिल्मबाट अवार्ड समेत हात पारेकी उषा भन्छिन्, ‘कलाकारले कथाको मागलाई न्याय गर्न सक्नुपर्छ । त्यो पनि अभिनयको एउटा उत्कृष्ट पाटो हो ।’


उनी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै अघि बढ्नुपर्ने ठान्छिन् । उनलाई ग्ल्यामर क्षेत्रमा बोल्ड अभिनेत्री पनि भनिन्छ । उनी भन्छिन्, ‘घरको सहयोग ठूलो हो । अभिनय क्षेत्रमा मलाई अभिभावकको सहयोग र साथ छ त्यसैले अघि बढ्न खोजीरहेकी छु ।’ अहिलेका दर्शक आधुनिक भएको धारणा राख्ने उषा आफू दर्शककै भावन अनुरुप अघि बढेको दाबी गर्छिन् । उनले एक दर्जन फिल्ममा अभिनय गरिसकेकी छन् । 


Share your thoughts!