‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानीको जोडी

Posted on: May 27, 2018 | views: 715 सुशासन

काठमाडौं, जेठ १३ । अभिनेत्री तथा निर्देशक झरना थापाले ‘ए मेरो हजुर ३’ बनाउने भएकी छिन् । ‘ए मेरो हजुर’ सिरिजको यो चलचित्रमा अहिलेका चर्चित नायक अनमोल केसीले अभिनय गर्ने पक्का भएको छ । 

अनमोलको हरेक चलचित्रमा नयाँ नायिका हुने गरेको छ । यस चलचित्रमा पनि उनले नायिकाको रुपमा डेब्यु गर्न लागेकी सुहानी थापासँग जोडी बाँध्नेछन् । सुहानी अभिनेत्री झरनाकी छोरी हुन् । शनिबार निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाले अनमोललाई साइन गरेका हुन् । अनमोल आफ्नो छैठौं फिल्म ‘क्याप्टेन’ को छायांकन सकाएपछि भदौबाट ‘ए मेरो हजुर ३’ का लागि समय दिनेछन् । 

यो चलचित्र लभस्टोरी जनरामा निर्माण हुनेछ । अहिले फिल्मका लागि गीतसंगीत तयार पार्ने काम भइरहेको छ । यसअघि ‘ए मेरो हजुर २’ अनमोलले नै काम गर्ने कुरा थियो तर पछि विभिन्न कारणले सम्भव भएन । ‘क्याप्टेन’ रिलिजको ६ महिनापछि मात्र ‘ए मेरो हजुर ३’ प्रदर्शन गर्ने शर्तमा अनमोलले यो फिल्म साइन गरेका हुन् ।


Share your thoughts!