यस्तो छ खगेन्द्रको ‘डमरुको डण्डीबियो’ ट्रेलर

Posted on: April 05, 2018 | views: 1074

काठमाडौं, चैत २२ । २०७५ को वैशाख २१ गतेलाई प्रदर्शन मिति लक गरिएको अभिनेता तथा लेखक खगेन्द्र लामिछाने अभिनित नयाँ फिल्म ‘डमरुको डण्डीबियो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । 

ट्रेलरमा डण्डीबियो खेल्ने निर्णय लिएपश्चात् खगेन्द्रको जीवनमा आउने उतारचढावलाई देखाइएको छ । फिल्म खेलसँग सम्बन्धित भएपनि ट्रेलरमा प्रेम, अवरोध, रोदन, द्वन्द्व सबै समेटिएको छ । ट्रेलर कमर्सियल बनाइएको छ । नेपालमा लोप हुँदै गएको डण्डीबियोको कथालाई यस फिल्ममा उतारिएको छ । 

मेनुका प्रधान, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, मिश्री थापा, नमिता घिसिङ, इंगि होपू कोइंच सुनुवार, अशान्त शर्मा, अंकित खड्का लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ । फयामिली स्पोर्टस् ड्रामा जनरामा तयार पारिएको उक्त फिल्मका निर्देशक छेतेन गुरुङ हुन् । ‘डमरुको डण्डीबियो’ को कथा कलाकार खगेन्द्र आफैंले लेखेका हुन् । 

समृद्धि इन्टरटेन्मेन्टको ब्यानरमा विनोद गुरुङ र नोर्बु छिरिङ घलेको लगानीमा निर्माण भएको यो फिल्मको ७५ प्रतिशत छायांकन लमजुङको घले गाउँ र बाँकी काठमाडौंमा भएको हो । प्रितम पाण्डेको सम्पादन, कालीप्रसाद बाँस्कोटाको संगीत, रिकेश गुरुङ, विद्या तिवारी र कालीको गायन रहेको फिल्मलाई हरी हुमागाइँले खिचेका हुन् । 



Share your thoughts!