‘फेरि फेरि’ बाट आउँदैछ ऋचा र अर्पणको जोडी

Posted on: January 24, 2018 | views: 945

काठमाडौं, माघ १० । नायिका ऋचा शर्मा र नायक अर्पण थापाको मुख्य भूमिका रहने नेपाली कथानक चलचित्र ‘फेरि फेरि’को घोषणा भएको छ । कमेडी कथामा आधारित रहेको यो फिल्मको काठमाडौंमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो । 

कार्यक्रममा चलचित्रको निर्माण कम्पनी माता बसुन्धरा मुभिजले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई सम्मान समेत गरेको थियो । साथमा विकास चापागाई, धर्मेन्द्र आचार्य, ओमप्रतिक गुरुङ, लय संग्रौला, रश्मी पाण्डे, ध्रुव कोइराला, एलिना बास्कोटा, सोनीका बास्तोला, राम बुढाथोकी लगायतका कलाकारलाई पनि दर्शकले पर्दामा हेर्न पाउनेछन् । 

चलचित्रको छायांकन माघ १८ गतेबाट सुरु हुनेछ । यो चलचित्रलाई नेपालमा पहिलो पटक ३५ सेन्सरयुक्त अत्याधुनिक प्रविधिको रेड इपिक डब्लु हेलियम एट के क्यामेराबाट खिचिने बताइएको छ । 

निरज थापा निर्माता रहने चलचत्रिमा सुरेश बज्रचार्यको छायांकन, एनबी महर्जनको एक्सन, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी, पुरन थापाको गीत, विकास चौधरी र पुरन थापाको संगीत छ । चलचित्रको लेखन, निर्माण र निर्देशन पुरन थापाले गर्न लागेका हुन् ।

Share your thoughts!