‘सरोगेट मदर’को भूमिकामा आउँदै ऐश्वर्या

Posted on: January 09, 2018 | views: 711 एजेन्सी

नयाँ दिल्ली, पुस २५ । भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन आगामी फिल्म ‘जेसमिन’मा सरोगेट मदरको भूमिकामा आउने भएकी छिन् । ‘रात और दिन’ फिल्मको लागि १६ करोड रुपैयाँबराबरको रकम  हात पर्ने विवरण सार्वजनिक भएको केही दिनमा नै ऐश्वर्याको पोल्टामा नयाँ फिल्म आएको हो । 

अहिले ऐश्वर्यालाई अफर आएको फिल्म वास्तविक जीवनमा मेल खाने किसिमको रहेको बताइएको छ । यसअघि यो फिल्मको लागि अनुष्का शर्मालाई अफर गरिएको थियो तर कुरा मिल्न सकेको थिएन । 

भारतीय सञ्चारमाध्यममा दिएको अन्तर्वार्ताको क्रममा यो फिल्मकी निर्मात्री प्रेरणा रावले आगामी फिल्मको लागि प्रमुख भूमिकामा ऐश्वर्या राय बच्चन आउनसक्ने बताएकी हुन् । 

यो फिल्म गुजरातको एक महिलाको कथामा आधारित रहेको छ, जो आफू बच्चा जन्माउन चाहँदिनन् तर सरोगेट मदर भएर बस्न तयार हुन्छिन् तर अन्त्यमा उनलाई बच्चाप्रति मोह जाग्छ र बच्चा फिर्ता चाहन्छिन् । निर्मात्री प्रेरणाले यो फिल्मको लागि ऐश्वर्या परफेक्ट रहेको बताएकी छिन् । 

Share your thoughts!