ट्वीटरमा शाहरुख खानका तीन करोड २० लाख फलोअर्स, अझै अमिताभ बच्चनभन्दा पछि

Posted on: January 03, 2018 | views: 648 एजेन्सी

नयाँ दिल्ली, पुस १९ । बलिउड सुपरस्टार शाहरुख खानको ट्वीटर एकाउण्टमा उनलाइ फलो गर्ने मानिसहरुको संख्या तीन करोड २० लाख पुगेको छ । 

ट्वीटरमा आफ्नो यस किसिमको लोकप्रियतालाई लिएर शाहरुख खानले खुसी व्यक्त गरेका छन् । उनले यस विषयमा हिन्दीमै ट्वीट गरेका छन् । उनले नयाँ वर्षको शुभकामना दिँदै आफ्ना तीन करोड २० लाख प्रशंसकहरुलाई पनि धन्यवाद दिएका छन् । 

यद्यपि शाहरुख खानका फलोअर्स अमिताभ बच्चनको भन्दा भने कम रहेका छन् । अमिताभ बच्चनको फलोअर्स तीन करोड २४ लाख रहेका छन् । त्यसैगरी भारतीय अभिनेता सलमान खानका फलोअर्स दुई करोड ९९ लाख रहेका छन् ।

शाहरुख खान आफ्नो जीवनका घटनाहरु सामाजिक सञ्जालमा धेरैजसो सेयर गर्ने गर्छन् । नयाँ वर्षको अवसरमा उनले आफ्नो आगामी फिल्मको नाम र टीजर सार्वजनिक गरेका थिए । 

शाहरुख खान सन् २०१८ मा आउन लागेको फिल्म ‘जिरो’मा आउन लागेका छन् । उनका साथै यो फिल्ममा अनुष्का शर्मा र कटरिना कैफ पनि प्रमुख भूमिकामा रहनेछन् । 

Share your thoughts!