'पद्मावती' फेब्रुअरी ९ मा रिलिज हुने

Posted on: December 28, 2017 | views: 598

नयाँ दिल्ली, पुस १३ । यस वर्षको सर्वाधिक चर्चामा रहेको बलिउड फिल्म पद्मावती आगामी फेब्रुअरी ९ मा सार्वजनिक हुने भएको छ । आधिकारिकरुपमा घोषणा नगरिएको भए पनि अहिले सार्वजनिक भएको एक विवरणले यो फिल्मका लागि उक्त मिति तय हुनसक्ने देखिएको हो । 

पद्मावती फिल्मको डिस्ट्रिब्युसनको जिम्मा पाएको कम्पनीले अमेरिकाको मुभी थिएटर्समा तालिका पठाएको छ, जसअनुसार यो फिल्म फेब्रुअरी ९ मा सार्वजनिक हुनसक्ने देखिएको हो । 

अहिले सार्वजनिक भएको यो विवरणले बलिउडको कमेडी फिल्म ‘सोनू के टीटू की स्वीटी’ फिल्मको रिलिज हुने मितिबारे भने अनिश्चितता छाएको छ । 

पद्मावती फिल्मको विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो । यो फिल्ममा पद्मावतीको भूमिकालाई फरक पारेर देखाइएको भन्दै यसको विरोध भएको थियो । जसको कारण १ डिसेम्बरमा सार्वजनिक हुने भनिएको फिल्मको सार्वजनिक मिति पछि सरेको हो ।


Share your thoughts!