अक्षयकुमारको ‘प्याडम्यान’को यस्तो छ ट्रेलर

Posted on: December 15, 2017 | views: 583

काठमाडौं, मंसिर २९ । अक्षयकुमार अभिनित बलिउड चलचित्र ‘प्याडम्यान’को ट्रेलर रिलिज गरिएको छ । जनवरी २६ तारिखबाट रिलिज हुने यो चलचित्रले सामाजिक सन्देश दिन खोजेको छ ।

हलिउडमा स्पाइडरम्यान र ब्याडम्यान रहेको भन्दै भारतमा ‘प्याडम्यान’ रहेको ट्रेलरमा उल्लेख गरिएको छ । चलत्रिमा अक्षयका अलावा सोनम कपुर, राधिका अप्टे मुख्य भूमिकामा छन् । आर बल्की यो चलचित्रका निर्देशक हुन् ।

अक्षय कुमारले पछिल्ला केहि बर्षयता विशेषगरि सामाजिक सन्देश दिने चलचित्रमा काम गरिरहेका छन् । उनको यो चलचित्रले पनि महिलाहरुलाई सचेतना जगाउन खोजेको छ ।



Share your thoughts!