आधा घण्टाको प्रस्तुतीका लागि १९ करोड !

Posted on: November 21, 2017 | views: 1878 एजेन्सी

नयाँ दिल्ली, मंसिर ५ । प्रिंयका चोपडा अहिले आफ्नो अन्तर्राष्ट्रिय सो ‘क्वान्टिको’को सुटिङमा व्यस्त छिन् । यद्यपि भारतमा उनका फ्यान र फलोअर्समा भने कमी आएको छैन । 

पछिल्लो समय प्रियंकाको माग भारतमा यति बढेको छ कि उनलाई एक अवार्ड सोमा ३० मिनेटको प्रस्तुतीका लागि १९ करोड २० लाख नेपाली रुपैयाँबराबरको अफर गरिएको थियो । बलिउडमा यति रकम ठुला नायिकाहरुललाई एक पूरा फिल्म खेल्नको लागि पनि दिइँदैन । 

अहिले हलिउडमा व्यस्त रहेकी प्रियंका सामाजिक सञ्जालको माध्यमबाट भारतीय फ्यानहरुमा जोडिने गरेकी छिन् । यस्तोमा उनी अबका दिनमा बलिउडमा आउँछिन् कि आउँदिनन् भन्ने कुरा पनि थाहा छैन तर अहिले उनलाई गरिएको प्रस्तावले भने उनी कुन उचाइसम्म पुगेकी छिन् भन्ने कुराको पुष्टि गरेको छ । 

यसै वर्ष एक अवार्ड सोमा उनलाई बोलाइएको थियो तर प्रियंकाले उक्त अवार्ड समारोहमा आउनलाई अस्वीकार गरेकी थिइन् । विवरणका अनुसार उनी बलिउडका प्रमुख नायिकाभन्दा कम पैसा लिन तयार थिइनन् । यद्यपि पछि उनी उक्त समारोहमा सामेल भएकी थिइन् । 


Share your thoughts!