डोटी, चैत ४ । डोटीको बोगटान फुड्सिल गाउँपालिका-६ गगुडा क्षेत्रमा भाइरल ज्वरो फैलिएपछि सो क्षेत्र अन्तर्गत रहेका विद्यालयहरु पाचँ दिनका लागि बन्द गरिएका छन् ।
विद्यार्थीहरुमा दिनानुदिन भाइरल ज्वरो फैलिदा सबै समुदायसम्म पुग्न सक्ने भन्दै गगुडामा रहेको मष्टेश्वर माध्यामिक विद्यालय, बाल्मीकी आधारभुत विद्यालय र सउँडी आधारभुत विद्यालय पाँच दिनका लागी सोमबारबाट बन्द गरिएको बडा नम्बर ६ का वडा अध्यक्ष बिरेन्द्र चन्दले जानकारी दिए ।
विद्यालयमा विद्यार्थीहरु आउँनै नसक्ने र आएकाविद्यार्थीहरुमा पनि भाइरल ज्वरोको संक्रमण तिब्र रुपमा फैलिएपछि विद्यालय बन्द गर्नु पर्ने अबस्था आएको मष्टेश्वर माध्यामिक विद्यालका शिक्षक चक्रबहादुर चन्दले बताए ।
आधा भन्दा धेरै विद्यार्थिमा ज्वरो आउने, टाउको दुख्ने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् । विद्यालयहरुले गाउँपालिकाको शिक्षाशाखालाई जानकारी गराएर बिद्यालय बन्द गरिएको समेत शिक्षक चन्दले जानकारी दिए ।