आफ्नै रकमले विद्यार्थी पढाउँदै प्रशासकीय अधिकृत शर्मा

Posted on: April 28, 2019 | views: 82 रासस

डोटी, बैशाख १५ । जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिएका छन् । 

भीमबहादुरको आर्थिक अवस्था नाजुक  भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । उनले भने, “भीमबहादुर पढाइमा निकै राम्रो र मिहिनेती रहेछन् तर आर्थिक अवस्था नाजुक  भएकाले पढाइमा बाधा भएको खबर सुनेपछि मैले पढाउने निर्णय लिएको हुँ ।” उनका बुबाको ५ वर्षअगाडि मृत्यु भइसकेको र घरमा आमा, चार दिदीबहिनी हुँदा  पढाइमा समस्या भएकोे स्थानीयवासी तेजबहादुर पुनमगरले बताए । 

स्थानीयवासीका अनुसार भीमबहादुरले कक्षा ८ मा कक्षा सबैलाई जितेका छन् । प्रमुख प्रशासकीय अधिकृत शर्माले भीमबहादुरको कक्षा ९ र १० को सम्पूर्ण पढाइ व्यवस्थापन बेहोर्ने लिखित कागजसमेत गरेका छन् । यहाँका सामुदायिक विद्यालयमा एक जनप्रतिनिधिले अनिर्वाय विद्यार्थी भर्ना गर्नुपर्ने नियम बनाएर विद्यार्थी भर्ना गरिरहे पनि अभिभावकत्व ग्रहणमा उनी नै पहिलो व्यक्ति भएका छन्   ।

Share your thoughts!