आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Posted on: January 04, 2022 | views: 148 सुशासन संवाददाता

ओखलढुंगा, पुस २० । चिसंखुगडी गाउँपालिका-८ बस्ने कुमार राईको घरमा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा घर र नगद ५० हजार रुपैयाँ जलेर करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!