आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Posted on: December 27, 2021 | views: 193 सुशासन संवाददाता

काठमाडौं, पुस १२ । सुनसरी, ईनरुवा नगरपालिका-३ बस्ने विरेन्द्र नारायण देवको घरमा करेन्ट सर्ट भई आइतबार साँझ आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी बाजुरा खप्तड छेडेदह गाउँपालिका-७ आटिचौरस्थित सुर्का बजार बस्ने अंग बहादुर ओलीको खुद्रा तथा होलसेल पसलमा करेन्ट सर्ट भई आइबार राति आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!