अवरुद्ध सिद्धार्थ राजमार्ग खुल्यो

Posted on: November 15, 2021 | views: 143 रासस

पाल्पा, कात्तिक २९ । अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवल सडकखण्ड सात घण्टापछि खुलेको छ । आज बिहानै खसेको सुख्खा पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो ।

पाल्पा-बुटवल सडकखण्डको तिनाउ गाउँपालिका-३ अन्तर्गत पाल्पाको दोभान हेडबक्स नजिकै नागको मन्दिर अगाडि भागमा ठूलो ढुङेगासहितको सुख्खा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको हो । दोभान प्रहरीचौकी प्रमुख विष्णु कुँवरले १२ बजेबाट राजमार्ग खुलेको जानकारी दिए ।

पहिरो पन्छाएर सडक एकतर्फी खुलेपछि अलपत्र यात्रु तथा सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन् । 


Share your thoughts!