झापाबाट कौडा खेल्ने १७ जना पक्राउ

Posted on: September 22, 2021 | views: 269 सुशासन संवाददाता

झापा, असोज ६ । दमक नगरपालिका-१ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको भान्सा कोठामा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share your thoughts!