आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: September 21, 2021 | views: 192 सुशासन संवाददाता

सिराहा, असोज ५ । गोलबजार नगरपालिका-६ सैनिक टोल बस्ने साने कुमार महतोले संचालन गरेको रबिन्द्र एण्ड रनबिर जनरल स्टोरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा नगद ४ हजार रुपैयाँ तथा विभिन्न किराना सामानहरु जलेर करिब १० लाख रूपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, स्थानीयबासिन्दा, सशस्त्र प्रहरी बल र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!