आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: April 06, 2021 | views: 81 सुशासन संवाददाता

काठमाडौं, चैत २४ । मोरङ पथरी शनिश्चरे नगरपालिका-१० त्रिबेणी चोक बस्ने भिम बहादुर राईको घरमा विद्युतको तार सर्ट भई मंगलबार बिहान आगलागी हुँदा नगद १ लाख रुपैयाँ, २ तोला सुन, १० तोला चाँदी लगायतका सामान जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

यसैगरी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-१३ दुलालगाउँस्थित छाप देउराली सामुदायिक उपभोक्ता वनमा सोमबार राति आगलागी हुँदा वनको भवन छेउमा डिपो गरी राखिएको २५ सय क्यूफिट सल्ला जातको गोलिया र करिब ११ सय मिटर खानेपानीको पाईप जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


Share your thoughts!