आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

Posted on: April 05, 2021 | views: 116 सुशासन संवाददाता

सोलुखुम्बु, चैत २३ । लिखुपिके गाउँपालिका-५ किन्जा बजार बस्ने लाक्पा शेर्पाको घरमा बिद्युत सर्ट भई सोमबार बिहान आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात र ५ तोला बराबरको सुनका गहना समेत जलेर करिब ४ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-१ घर भएका ३६ वर्षीय नवराज बस्नेतको खाद्यान्न पसलमा समेत आगलागी हुँदा पसलमा रहेको नगद ७ लाख रुपैयाँ, १ तोला सुन लगायतका सामान जलेर करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

स्थानीयवासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । 


Share your thoughts!